बुधबार, असोज १७, २०८०
गृहपृष्ठविचार/अन्तरवार्ताम, तिम्रो भगवान

म, तिम्रो भगवान


–कमल भण्डारी

हुँ त म एक, मात्र एक तर बुझाइ सबको फरक फरक । कतै इश्वर, कतै परमेश्वर कतै के । म जे हुँत्यो भन्दा पनि म त्यो भएर बुझिएको छु जो जसले मलाइ जे बुझ्छ, जसरी देख्छ । सायद त्यही भएर होला मान्छे पनि कपडा थरीथरीका लगाउँछन अनि वरीपरिको मान्छेलाइ सोध्छन्म कस्तो देखिएको छु ?

लाग्छ कि, आफ्नो इच्छा भन्दा पनि अरुलाई देखाउनु छ र सबै भोग्य चिजहरु ऊ अरुलाई देखाउनको लागि भोग्छ तर ऊ व्यक्तिगत रुपमा आफू भएर बाँच्दैन्। म यो संसारमा पुजिने देवता । म कसरी उत्पत्ति भएँरहस्यमय छ र मानिसहरुले समय अनुसारको र ठाउं अनुसारको कथा बनाए, सुनाए र मान्छेले त्यही अनुसार बुझे ।

जे बुझे जसरी बुझे तर मलाइ नै पुजे । कसैले मलाई पुजे, कसैले मेरो बिभिन्न रुप, स्वरुप र सन्तान–दरसन्तानलाई पुजे, तर मलाइ नै पुजे । यो सत्य हो कि सबै भन्दा पहिले मै उत्पत्ति भएँ त्यसपछि अरु । बाँकी चराचर मैले उत्पत्ति गराएँ या आफै भए तर सबै मेरै कारणलेभएको मान्छन र म भगवान भएपछि मलाइ पनि मैले नै गरेको भन्ने लाग्छ ।

किनभने मैले म भए पछि मात्र यी सब देखे र यी भए । म भन्दा भघि अरु भएको कसैको दावी छैन । समय धेरै बितिसक्यो । कोटी कोटी बर्षहरु बितिसके तर मान्छेहरु अन्दाज लगाउँदै बसिरहेका छन्यति हजार बर्ष पहिले यस्तो र त्यस्तो आदि इत्यादि । भौतिक
शरीर चलुन्जेल बढी भौतिक नै भएर र कम आत्मिक भएर बुझ्छन्तर जब भौतिक शरीर अशक्त हुँदै जान्छ तब आत्मिक भएर म परमात्मा तिर ढिलोचाँडो ध्यान लगाउँछन्।

मेरो रुप स्वरुपको पुजा आरधाना गर्न थाल्छन पुकार्छन्तर जहिले पनि ढिलो गरेमलाइ बुझ्न भनि धिक्कार्छन र अन्त्यमा मलाई पुर्ण रुपमा बुझ्नै नपाई ममा लिन हुन्छन्मेरो संसारमा आउँछन्अनि पो थाह पाउँछन्म त केवल उनीहरुले जसरी बुझे त्यही नै पो रहेछु तर अपरम्पार रहेछु ।

मेरो संसारमा उनीहरुको यो जीवनचक्र यसरी नै चलि नै रहेछ र चलिनै रहन्छ । मान्छेहरुको मेरो बारेमा कथनहरु पनि ठाउँअनूसारकै छ । म जताततै पुगेँ, जहाँ पुगे त्यही संसार बसाउँदै हिँडे, मनलाग्दी हिँडे, खाएँ, भोगेँ । मैले जे गरे त्यो मान्छेका लागि लिला भयो सोही अनुसार कथा बनाए मैले भनिन तर उनीहरुले जति थाह पाए त्यती बनाए कति त आफु अनुकुल बनाउन थपे पनि ।

हिमाल वारिकाले हिमाल पारी संसार देखेनन जति देखे सोही अनुसारको कथा बनाए, हिमाल पारिकाले हिमाल वारीको संसार देखेनन्जति देखे सोही अनुसारको कथा बनाए, मरुभुमीकाले जति देखे त्यति बनाए सबैले आफुले देख्न सकेकोर उनीहरुको ठाउंँमा भएको मेरो लिला अनुसारको कथा बनाए ।

कतिले मेरा बलशाली, प्रभावशाली र पुरुषार्थी सन्तान–दरसन्तानलाइ नि म पछिका भगवान बनाए । कतिले मलाई मात्रै । नाम अनेक दिए ठाउँ अनुसार दिइए, रुप अनुसार दिइए र आफुलाइ रुचि भएको नाम अनुसार दिए सोही अनुसार धर्म बनाइए तर जे भनेपनि जुन धर्म माने पनि, जस्तो फरक फरक बिधि गरेर भए पनि पुजे ।

ब्रम्हाण्डको जुन कुनामा गए पनि मै पुजिएको छु, मेरा बलशाली, प्रभावशाली र पुरुषार्थी सन्तान दरसन्तान भगवान भएर पुजिएका छन्। सबै तिर म र मेरा सन्तानहरुको मान्छेको रुचिअनुसारको प्रतिमा बनेको छन्। ठाउँ अनुसारको प्रतिमाहरुको रुप फरक छन्, नाम फरक छन्, स्वरुप फरक छन्, राख्ने घर (मन्दिर, मस्जिद, चर्च, बिहार, धर्मशाला) फरक छन तर सकेको झकिझकाउ गरेका
छन्। पुजा आरधाना पुकारा फरक छन्।

अझ लिलाको कथा अनुसार धर्म बनाएका छन्। तेरो भगवान भन्दा मेरो ठुलो भनेर मलाइ धेरै माया गरेका छन्। समान छ त
केवल पुजा आरधाना पुकारा को भाव अनि मनमा राख्ने प्रयास । ठाउँ अनुसार राम्रो स्थानमा मलाइ या मेरो स्वरुपलाई नै सजाएका छन्, अदभुत ठाउँहरु मेरै नाममा दर्ज छन्। मेरै लिला हो भनेर मान्छन्। राम्रो ढुङ्गामा मै देख्छन्। मेरै स्वरुपहरु कुँदछन्,
राम्रो काठमा म नै, भित्ताहरु, आकाशपाताल सबै तिर मै । प्राकृतिक छटाहरुमा पनि म देखिन्छु अनि उनीहरुका खुशीमा पनि ।

मलाइ पनि गुनासो छैन आखिर उनीहरुले कुनै न कुनै उपायले मलाइ नै खोजेका हुन्। शान्ति खोजेका हुन्जुन म दिन्छु । मैरै
नाममा दया र परोपकारका कार्यहरु चल्छन् । म राखिने घरहरुमा धेरै आश्रीत छन्, व्यापार चलेको छ व्यवहार चलेको छ । मैसँग डराएर सबैजसो मान्छेले कुकृत्यबाट टाढा भाग्न खोज्छ । अधर्मी बन्दैन्। सुखमा भुल्छन तर दुखमा मलाइ नै पुकार्छन्। तर मान्छेले चाहीँमलाइ खासमा बुझनै चाहीं सकेका छैनन्।

हो म छु, म मेरै शक्तिले गर्दा दृष्य, अदृष्य बिभिन्न स्वरुपमा छु । यस संसारमा, यो ब्रम्हाण्डमा दृष्य अदृष्य शक्तिहरु मै चलाउँछु, यसै भन्छन्। तर म मान्छेहरुको सबै सकारात्मक प्रयासहरुलाई सही मान्छु, उनीहरुले जुन रुप स्वरुपमा राखे पनि कुनै घरमा भन्दा
मनमा राखुन भन्ने चाहन्छु । उनीहरुले देव, महादेव, ईश्वर, परमेश्वर , परमात्मा आदी इत्यादी जे नाम लिएर पुकारे पनि जुन धर्म माने पनि म एक हुँ ।

हो मसँग असिमित शक्ति छ तर मान्छेहरुले मेरै नाममा गर्ने कुकृत्य हिँसालाई रोक्ने शक्ति छैन यो उनीहरुले आफै बुझनुछ र रोक्नुपर्छ । एक अर्कालाई गर्ने ठगी, झुटको खेती,खुराफाती उनीहरुले नै रोक्नुपर्छ त्यसको सामथ्र्य मसँग छैन । अझ भनौ भने मेरै नाम जप्दै गरेका कुकार्य मैले कसरी रोक्न सक्नु। म संग छ त केवल सकेसम्म यो जुनीमा गरेको पापको सजायँ यही जुनिमा भरमार भोगाउने नत्र भने मेरै संसारमा आएपछि सजायँ दिने ।

उसको कर्म अनुसारको फल भोगाउने । जस्तो कर्म गर्छ सो अनुसारको फल मैले दिन्छु नै, चाहे जिउँदै हुँदा होस या मरण पछि । आखिर सबै म मा नै लिन हुनु नै छ । सारमा म प्रकृति पनि हुँ, मान्छेको पुजिएको आदिकाल देखिको प्रतिनिधि पात्र हुँ
। जस्तो तिनीहरु देख्छन उस्तै म । त्यसैले सबैलाई म मा लिन गराउने ताकत राख्दछु । म जे हुँ त्यही देखिन्छु तर मान्छे जे हो त्यो देखाउँदैन । ऊ जहाँ छ त्यस्तै देखिन्छ र त मलाई पनि त्यही रुपमा पुज्दछ । परिणाम स्वरुप म एकमा अनेक भएँ । मानिसले
खोजको सार मै हुँ केवल बाटो फरक । विचार फरक । बुझाई फरक ।


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!