गृहपृष्ठ ∕ ब्लग / विचार ∕ कोरोना नियन्त्रणमा यस्तो छ प्रदेश सरकारको तयारी (भिडियो) कोरोना नियन्त्रणमा यस्तो छ प्रदेश सरकारको तयारी (भिडियो) Sindhu Khabar वैशाख ४, २०७७ गते १६:२० मा प्रकाशित युवराज दुलाल मन्त्री सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश ‘विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि बागमती प्रदेश सरकारले विभिन्न विधि अपनाउनुका साथै पूर्व तयारीमा जुटेको छ । वागमती प्रदेशको तर्फबाट केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासहित हेटौंडा, भरतपुर र धुलिखेलमा ल्याव परीक्षण सुरु गरिएको छ । प्रदेश अन्तर्गत सबै जिल्लामा र्यापिड टेस्ट किट पठाएका छौं । यो किटबाट क्वारेन्टाइनमा रहेका नागरिकहरुको स्वास्थ्य परीक्षण गरिनेछ । सवैप्रथम त कोरोना भाइरस फैलन नदिन आफू स्वयमले सावधानी अपनाउनु पर्ने हुन्छ । त्यसका लागि आफू घरभित्रै रहने भन्ने नै प्रमुख हो । प्रदेश सरकारले पनि एकबाट अर्काेमा भाइरस फैलन नदिन र लकडाउनलाई प्रभवकारी रुपमा सफल बनाउन विभिन्न कामहरु गरिरहेको छ । प्रदेश अन्तर्गत सबै स्थनीय तहमा सञ्चालित स्थानीय विवद व्यवस्थपन कोषका लागि वित्रीय सहायता प्रदान गरिएको अवस्था अहिलेको हो । बागमती प्रदेशमा अहिले तीन हजार पाँच सय भन्दा बढी क्वारेन्टाइनहरु निर्माण गरिएकाले विदेशबाट आएका तथा कोरोनाका आशंका भएका व्यक्तिलाई राख्ने व्यवस्था छ । यो प्रदेशभर ६ सयभन्दा बढी आइसोलेसन कक्ष निर्माण भएको छ । यतिबेला हामीले आइसोलेसनलाई तयारी अवस्थामा राखेकै कारण समस्या छैन । स्वास्थ्य संस्थामा पीपीइसहितको स्वास्थ्य सामग्री पुगेकाले उपचारको व्यवस्था छ । कसैलाई कोरोना संक्रमणको लक्षण देखिएमा प्रदेश सरकारले उपचार गर्नेछ । हाम्रो प्रदेश यतिबेलाको अवस्थामा जोखिम अलि न्यून छ । परीक्षण गरिएका मध्ये करिब ३ सय जना मध्ये एक जनालाई मात्रै लक्षण देखा परेको अवस्था भएकाले सबै महानुभावलाई लकडाउनको पालना गरि आफू घरभित्रै रहेर संक्रमणबाट आफू जोगिऔं र अरुलाई पनि जोगाउन अनुरोध गर्दछु ।’ क्याटेगोरी : ब्लग / विचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुरे प्रसंगः स्थानीय सरकार आन्दोलन गर्न कि न्याय दिन विपन्न उत्थानका लागि समाजवाद उन्मुख कार्यक्रम तयारी ह्वील लक कोरोनाको ‘फायर बल’बाट निस्केर पाँच पोखरी पुग्दा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो