शनिबार, असोज ६, २०८०
गृहपृष्ठविचार/अन्तरवार्ताकोरोना आंशकाका बिरामीलाई गरिएको उद्धार, भ्रम र यथार्थता

कोरोना आंशकाका बिरामीलाई गरिएको उद्धार, भ्रम र यथार्थता


  • दिनेश थापा

ओमनबाट दुइ साता अघि स्वदेश फर्कीएकी लिसंखुपाखर गाउँपालिकाको एक महिलालाई कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणको क्रममा उनी प्रथामिक स्वास्थ्य केन्द्र डाँडापाखरमा आएकी थिइन । लक्षण मिलेपछि डाँडापाखर स्वास्थ्य चौकीले थप उपचारको लागि चैत २३ गते सिन्धु सदावहार अस्पताल खाडिचौरमा रिफर गरिएको थियो । गाउँपालिकाका अध्यक्ष कमल नेपाल समेतको सल्लाहमा विरामीलाई सदावहार मा रिफर गरिएको थियो । लिसंखुपाखरको एम्बुलेन्स भएपनि त्यहाँको एम्बुलेन्स विरामी लिएर अन्यत्र नै गएपछि खाडिचौरमा रहेको खाडिचौर बचत तथा ऋण सहकारीको एम्बुलेन्स मार्फत विरामीलाई सदावहार अस्पताल सम्म ल्याइएको थियो ।
बिहान ११ बजे सदावहार अस्पतालमा विरामी ल्याएपछि अस्पतालका डाक्टर राजकुमार दंगालको टोलीले ति विरामी महिलाको परीक्षण गरेको थियो । परीक्षण पछि विरामी महिलालाई आइसोलेशनमा राख्न पर्ने देखिएपछि अस्पतालको टिमले अस्पताल सञ्चालक समितिमा जानकारी गराएको थियो । म पनि दुइ दिन देखि अस्पताल नजिकै रहेको अंकल(दिनेश थापा) को घरमा नै थिए । आइशोलेसनमा राख्नु पर्ने भएपछि अस्पताल आशपासका स्थानीयले थाहा पाएपछि स्थानीयहरु त्रसित पनि देखिएका थिए । अस्पतालका डाक्टर राजकुमार दंगाल सँग कुराकानी पछि उहाँले पनि आइशोलेसनमा राख्नुपर्ने र हाललाई अस्पतालमा आइशोलेसन नभएको जानकारी भएपछि बिहान ११ बजेर ५४ मिनेटमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई घटनाको सबै जानकारी गराए । यस बिचमा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल सँग पनि नियमित सम्र्पक भइरहेको थियो । म गाउँपालिकाको बैठकमा अलि व्यस्त छु,तपाँई पत्रकार महासंघको सचिव पनि हुनुहुन्छ तपाँइले नै विरामीलाई आइशोलेसनमा लगिदिने व्यवस्था गरिदिनुहोस । गाउँपालिकाका अध्यक्ष कमल नेपाल बाट यति अनुरोध भएपछि सम्बन्धीत निकायमा जानकारी गराउन सुरु गरे । प्रमुख जिल्ला अधिकारीले बाह्रविसेमा रहेको बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रमा रहेको आइशोलेसनमा राख्ने र त्यही पठाउनका लागि भन्नुभएपछि स्वास्थ्य कार्यालयका प्रमुख सँग कुराकानी भयो । उहाँले पनि बाह्रविसेमा नै राख्नका लागि भनेपछि ति विरामी महिलालाई बाह्रविसे लैजाने तयारी हुदै थियो । बिहान जुन एम्बुलेन्समा ति महिलालाई ल्याइएको थियो,सोही एम्बुलेन्सलाई कुराएर राखएिको थियो । जब विरामीलाई आइशोलेसनमा राख्नु पर्छ भन्ने हल्ला भयो त्यसपछि बिहानको एम्बुलेन्स त्यहाँबाट हिडेको अस्पतालबाट जानकारी प्राप्त भयो । रिपोर्टिङका लागि बाह्रविसे जानु पर्ने भएपछि म अंकल(दिनेश थापा) सँगै बाह्रविसे गयौ ।
बाह्रविसे जाँदा पनि केही एम्बुलेन्स सँग सम्र्पक भयो,कोही काठमाडौ कोही अन्यत्र भएपछि सम्र्पक भएन । बाह्रविसेबाट फर्कदै गर्दा रेडक्रसको एम्बुलेन्स बाह्रविसे जादै गरेको देखेपछि त्यसका चालक प्रकाश चौलागाई लाई अंकल दिनेश थापाले फोन गर्नु भयो, एम्बुलेन्स चालकले सुत्केरी ल्याएको र बाह्रविसे पुगेपछि आउने बचन दिए । फेरी केही समय पछि उनलाई फोन गर्दा माथी पलाती जानु छ,ढिला हुन्छ होला दाई भनेपछि अंकलले तिमी आउने की नआउने,आउने भए बाह्रविसे आएपछि फोन गर्न भन्नु भयो । त्यसबिचमा जिल्ला कमाण्ड फोर्सले एम्बुलेन्स व्यवस्थापनको जिम्मा दिएको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतीसँग पनि सम्र्पक भयो,उहाँ पछि बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री सँग लगायत अन्य धेरै सँग सम्र्पक भयो तर कतै बाट पनि एम्बुलेन्स मिलेन । रेडक्रसका मन्त्री कमलचरण कक्षपतिले पनि एम्बुलेन्स चालकहरुले नमानेको जानकारी गराउनु भयो ।
खाडिचौरमा आएर एउटा स्ट्याटस राखेपछि त्यसको केही समय पछि जिल्ला समन्वय समितिका प्रमुखले फोन गर्नु भयो र भन्नु भयो केही समस्या भएको हो र,समस्या भएको भए म आफै गाडी लिएर आउँु भन्नु भयो । मैले पहल हुदैछ अहिले पर्देन होला भनेर उहाँलाई भने । यो बिचमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष,अस्पतालका डाक्टर लगायत सबै सँग कुराकानी भइ नै रहेको थियो । कतैबाट पनि एम्बुलेन्स पठाउन नसकीएपछि प्रमुख जिल्ला अधिकारीले भन्नु भयो एउटा बोलेर व्यवस्था गरेर भएपनि विरामी लाई चौतारा ल्याउनु पर्छ भन्नु भयो । त्यसको केही समयपछि एम्बुलेन्स सँग सम्र्पक भयो,चालक रुद्र कार्कीले चौतारा जान्छु भन्नु भएको थियो तर अस्पतालमा पुगेपछि एम्बुलेन्सले कोरोना आशंका भएको विरामीलाई नलगी अरु विरामीलाई नै लिएर गएपछि अब कुनै एम्बुलेन्स उपलब्ध नहुने निष्र्कष निकालेपछि मैले जिसस प्रमुख ज्युलाई यही जानकारी गराए र प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरकारी निकायका प्रतिनिधिहरुलाई पनि यही जानकारी गराए ।
ल ठिकै छ म आफै आउछु भनेर जिसस प्रमुख ज्यु खाडिचौरमा आउनु भयो । यो बिचमा एम्बुलेन्स प्राप्तीका लागि भएका सबै पहलमा सदावहार अस्पतालका डाक्टर राजकुमार दंगाल पनि साक्षी नै हुनुहुन्छ । अस्पतालमा आइपुग्दा बेलुकी साढे ६ भएको थियो । जिससको गाडी प्रमुखले लै चलाउनु भएको थियो । कोरोना आशंकाका विरामीहरुलाई बोक्नु पर्दा चालकलाई संक्रमण नहोस भनेर जिल्लाका सबै एम्बुलेन्सहरुमा पार्टेशन गरिएपनि जिससको गाडीमा पार्टेशन गरिएको थिएन ।
जिसस प्रमुख सँग स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाई र प्रहरीको गाडीमा एसपी प्रज्वल महर्जन पनि हुनुहुथ्यो । एम्बुलेन्स्हरु विरामी लैजान नमानेपछि इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपाने सहित प्रहरी चौकी लामोसाँघुका इञ्चार्ज पनि लागि नै रहनु भएको थियो तर उहाँहरुबाट पनि एम्बुलेन्स व्यवस्थापन गर्न असमर्थ हुनु भयो ।
स्वास्थ्यकर्मीको सल्लाह र जनस्वास्थ्य प्रमुख सँगको परामर्शमा जिसस प्रमुखको गाढीमा पार्टेशन नभएकाले सबैको सुरक्षाका लागि गाडीको पछाडी म्याट राखेर, ग्लोबस र सुरक्षीत मास्क समेत लगाएर आशंकीत ति महिलालाई राखेर चौतारा लगिएको थियो । गाढीमा एसी थियो या थिएन,वा अन्य के सुविधा थियो त्यो जानकारी भएन तर एउटा महिलाको लागि आइशोलेसनमा राख्नका लागि गरिएका वास्तवीकता यही नै थियो । तथ्यहरु ध्ेरै छन्,प्रमाण धेरै छन् नै तर पनि विषयलाई केही पत्रकारहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अनावश्यक रुपमा टुवीस्ट गरिएको छ । रेडक्रसका एम्बुलेन्स चालक सँग गरिएको फोन वार्ता सुरक्षीत नै छ । बिहान विरामी लिएर आएका एम्बुलेन्सका चालक भन्दै थिए मलाई बिहान अरु नै बिरामी भनेर ढाँटेर ल्याइएको थियो । उनको यो भनाईले पनि के स्पष्ट थियो भने एम्बुलेन्स चालकहरु सहजै कोरोना आंशकामा अस्पतालमा आएका विरामीहरुलाई बोक्न तयार छैनन् ।
निश्चय नै हो, एम्बुलेन्समा भएको भए बाहिरी बस्नु नपर्ने थियो होला, भित्र नै बस्न पाइन्थ्यो होला नै तर अवस्था त्यस्तो भएन,सबै सयन्त्र प्रयोग गर्दा पनि एम्बुलेन्स पाउँन कठिन भयो । यस्तो अवस्थामा उद्धार जसरी पनि गर्न सकिन्छ, कहिले एम्बुलेन्स, कहिले हेलिकोप्टेर, कहिले बस, कहिले स्टेचर यस्तै साधानमा राखेर बिरामीको उद्धार गरिन्छ । यस्तै मध्ये खाडिचौरबाट ति महिलालाई उद्धार गर्दा गाडीको पछाडी राख्नु पर्ने अवस्था भयो, यो बाध्यताको एउटा उपज थियो । एम्बुलेन्समा पार्टेशन गरिएको छ, केही एम्बुलेन्स चालकलाई पीपीए सेट पनि प्रदान गर्दा त उनीहरु ति महिलालाई लैजान तयार भएनन् भने कुनै पनि सुरक्षा नहुदा नहुदै पनि जिसस प्रमुख कृष्णगोपाल तामाङले जुन सहास देखाउनु भयो यो प्रशंसा गर्न योग्य होइन र? मैले ५ बजेर १३ मिनेटमा सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट पछि धेरैबाट कमेन्ट आएको छ सकारत्मक कमेन्ट हरु आए नै तर कोही पनि म लगिदिन्छु भनेर हिम्मत गर्ने भेटिएनन् । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि कतै एम्बुलेन्स नपाएपछि आफ्नै गाडीमा चौतारा लैजानका लागि हतार हतार आउनु भएको नै थियो तर जिसस प्रमुख नै आउनु भएपछि उहाँ त्यो बाट ब्याक हुनु भएको हो । विरामीलाई भित्रै एसी चलाएर नै लैजानु पथ्र्याे होला नै, यसो गरेको भए एकदमै राम्रो हुने थियो तर यदि तपाँइहरु हुनुभएको भए के गर्नुहुन्थ्यो होला ? एक पटक आफैलाई पनि सोचौ । फेरी प्रश्नहरु अरु धेरै धेरै उठ्न सक्छ तर यतिबेला प्रश्न गर्ने र आलोचना गर्ने भन्दा पनि जिल्लामा यस्ता विपत्तमा हाम्रो तयारी कति सम्म प्रभावकारी रहेछ भनेर चाँही बहस गरौ न । यतिबेला मिडीया प्रयोग गरेर कोही कसैलाई हाइलाइट हुनु पनि छैन होला र म जतिको सञ्चारकर्मीलाई त्यो सबै मिडीया स्टन्ट गरेर कसैलाई देवत्वकरण गर्नु आवश्यक पनि छैन तर भएको सत्य तथ्य विषयलाई तोडमोड गरेर कसैले गरेको एउटा राम्रो सकारत्मक कार्यालाई किन अन्टसन्ट विषय राखेर विम बमन गरिन्छ, यो मात्रै चिन्ताको विषय हो ।
कोही कसैको अन्धभक्त भएर हुनमानकारीता गर्नु म जतिको सञ्चारकर्मीको लागि आवश्यक छैन तर जे हो सत्य, तथ्य कुरा भने कसैले देवत्वकरण भनेपनि हनुमानकारीता भने पनि गरिन्छ नै । सबै तथ्यहरु छन्, रेडक्रसको चालक सँग भएका कुराकानी पनि सबै सुरक्षीत हामी सँग पनि छ । कोही कसैलाई यो विषय मन नपरेको हुन सक्छ,कसैलाई औडाहा पनि भएको हुन सक्छ नै सार्वजनिक बसमा लखेएिको झै जल्नेको मन जलिरहन्छ,हाम्रो यात्रा चालिरहन्छ ।
धन्यवाद


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!