शनिबार, असोज ६, २०८०
गृहपृष्ठविचार/अन्तरवार्तागाउँकै सेवामा रमाएका गौतमको जीबन संघर्ष

गाउँकै सेवामा रमाएका गौतमको जीबन संघर्ष


हरेक सफल ब्यतिmका असफल कथाहरु हुन्छन् । तर हाम्रो समाजले असफल कथाहरुको खोजी गर्दैन र सफलता मात्र देख्छ , सफलता प्राप्त गरेका ब्यतिmहरुको चरम अभाब दुख सर्घष,पिडा यदि नजिकबाट बुझन्े कोशिश मात्र गर्न सक्ने हो भने, हरेक मानिसले सफलता मात्र गर्न सक्छ । सिन्धुपाल्चोक चौतारा सागाँचोक गढी नगरपालिका बडा नम्बर ७ निवासी रेशम प्रसाद गौतमको जिबनकथाले यि र यस्तै कुराहरुको सँकेत गर्छ ।
बि.स २०२० साल साउन ४ गते शुक्रबारका दिन बुबा रबिलाल गौतम तथा आमा हुत्तमाया गौतमको कोखबाट साबिकको सिन्धुपाल्चोक सानोसिरुवारी गा.बि.स बडा न.३ बिसौनामा जन्मिएका हुन् ब्यतिm हुन रेशम प्रसाद गौतम, उनको बाल्यकाल अभाबमै बित्यो । त्यो बेला पढ्न जाने, आफनो सन्तानलाई पढाउनु पर्छ , पढाउन सकिएन भने सन्तानको जिबन बबार्द हुन्छ । भन्ने सोचको बिकास भैसकेको थिएन ,जुन आज भएको छ । त्यसको बाबजुत पनि गौतमले स्कुल जाने अबसर प्राप्त गरे । किनकि नजिकै श्री सिद्धि गणेश प्रा.बि बिद्यालय थियो । उनी स्कुलमा भर्ना भए । पढाई पनि राम्रो थियो । बिगतको सम्झना गर्दै गौतम भन्छन् “ दुई र तिन कक्षामा म फस्ट पनि भए” ।
त्यहाँको पढाई सकिएपछि थप पढ्नलाई उनी सदरकुकाम चौतारमा रहेको श्री कृष्ण रत्न गँगामा कक्षा ४ मा भर्ना हुन भनि गए । त्यो बेला भर्ना शुल्क चार रुपयाँ थियो । त्यो तिर्न सक्ने अबस्था नभएको अनुभब सुनाउदै गौतमले भने “ त्यो बेला भर्ना शुल्क चार रुपयाँ थियो । मेरो बुबाको परिवार एकदमै ठुलो थियो मलाई त्यो पैसा तिरेर भर्ना गर्ने अबस्थामा मेरो परिवार थिएन । किनकि हाम्रो परिवार आर्थिक हिसाबमा एकदमै कमजोर थियो । त्यसपछि भर्ना गर्ने पैसा नभएपछि मेरो पढाई त्यहि रोकियो ” पढ्ने रहर हुदा हुदै पनि चार रुपयाँ तिर्न नसकेर पढ्न नपाएपछि गाँउकै साथीहरु मिलेर २०३३ सालमा काठमाडौ गए । काठमाडौमा पनि सोचेको जस्तो सहज त थिएन । अरुको घरमा खाना पकाउने काम पाए । तलबको रुपमा महिनाको ३० रुपयाँ पाउथे ।
पैसा नभएर पढ्न नपाएको पिडा र पढाईको तिर्खा उनमा थियो नै, त्यहि तिर्खा मेटाउनको लागि पैसा थोरै थोरै जोगाउन थाले । कति ठाउमा काम गर्दा पैसा नपाएको तितो अनुभब अहिले पनि छ । दिनभरि चार तला घर माथि सिमेन्ट बोकेर लगियो बेलुका पैसा माग्दा झपारेर पठाउथ,े काठमाडौ शहरको तितो अनुभब सुनाए उनले , दुई बर्ष काम गरेर केहि पैसा जम्मा गरेपछि पुन सिन्धुपाल्चोकनै आए र बलेफी कोठेमा रहेको जाल्पा मा.बि स्कुलमा आठ कक्षामा भर्ना गर्न पाईन्छ रे भन्ने सुनेपछि त्यहाँ गएर भर्ना भई पढ्न थाले कडा मेहेनत र परिश्रमको कारण उनले त्यहाँबाट आठ पास गरे ,साथीहरु सँग कोठामा बसी पढेका उनलाई परिवारले सदरमुकाममै पढ्न पाईन्छ, घर बाट जान आउन पनि सकिन्छ किन ? उता बसेर पढ्नु यतै आउनु पर्छ, भनेपछि पुन उनी श्री कृष्ण रत्न गँगामा कक्षा नौमा भर्ना भएका उनले एस.एल.सी त दिए, तर रिजल्ट राम्रो नआएको कारण उनले पढाईलाई निरन्तरता दिन सकेनन् । परिवारको कमजोर आर्थिक अबस्थाले पढाईलाई भन्दा पनि काम गरेर परिवार चलाउन सहज बनाउने दायित्ब पनि आईसकेको थियो उनीमा, र पढाईलाई बिट मार्दै जागिरमा जोडिए । उनको परिवारको दयनिय अबस्था देखेर त्यसबेलाको श्री कृष्ण रत्न गँगामा पढाउने शिक्षिका सिता प्रधानले तत्कालिन जिल्ला पन्चायतमा जागिर लगाईदिईन ।
२०४१ साल देखि २०४५ सालसम्म त्यहाँ जागिर खाए । उनले त्यहाँ जागिर गरिरहदा राजनैतिक परिबर्तन भए सँगै जिल्ला पन्चायत रहेन । तर उनी बेरोजगार बस्नुपरेन । काम प्रतिको लागाबको कारण उनी सबैको प्रिय बनिसकेका थिए । त्यसपछि त्यबेलाका तत्कालिन जिल्ला सभापति कर्मा बाङगेल लामाको पहलमा जिल्ला हुलाकमा २०४६ देखि २०४८ सम्म जागिर खाए । त्यो बेला सम्म उनको धेरै ब्यतिmहरु सँग चिनजान उठबस भईसकेको थियो । उनले बिगतको सम्झना गदै भने “ मैले जागिर गरिरहदा धेरै ब्यतिmहरु सँग चिनजान भैसकेको थियो र धेरैले मलाई यो अस्थाई जागिर फेरि एक दुई बर्ष पछि अर्को आएर निकाल्छ । त्यो भएर यो काम छोड्नुस भन्ने साथीहरुको सुझाब आएपछि मैले जागिर सबै छोडेर २०४९सालबाट चौतारामा लेखापढी गर्न थाले जुन अहिले पनि गरिरहेको छु”। जसले गर्दा अहिले उनी आर्थिक हिसाबमा पनि सबल भएका छन् । हरेक मान्छेको जीबनमा सुख दुख आईरहन्छ । उनी कहिल्यै दुखमा आतिएन् र सुखमा मातिएन ।
२०७३ साल असोज २७ गते उनको जीबनमा यस्तो कहाली लाग्दो दुर्घटना भयो जसलाई सम्झदा अहिले पनि उनको शरिर काँप्छ,मन भारी हुन्छ र अनायसै आखाँमा आँशृ भरिन्छ । त्यो दिन उनी आफनो धर्मपत्नीको साथमा मोटरसाइृकलमा दशैको टिका लगाउन सिन्धुपाल्चोकको पाटीगाँउ ससुराली गएका थिए । ससुरालीमा टिका लगाएर फर्कनेक्रममा उनको मोटरसाईकल दुर्घटनामा पर्यो । त्यो कहाली लाग्दो क्षणको भाबुक हुदै हाम्रो आग्रहमा सम्झना गरे “ मैले मोटरसाईकल चलाएको धेरै समय भैसकेको थियो तर त्यो दिन ससुराली बाट फर्कनेक्रममा मेरो मोटरसाइृकल करिब १५० मिटर तल खोझमा पुग्यो । म सँगै मेरी धर्मपत्नी निनुमाया गौतम पनि थिईन ।
मोटरसाईकल दुर्घटना भएपछि म बेहोश भएछु र त्यहाँ हल्ला भएपछि आफन्तहरु आएर मलाई तत्काल काठमाडौ नर्भिक अस्पतालमा लिएर आएछन् । म दुई दिन पछि होशमा आए ।मेरो होश आँउदा धर्मपत्नीको घटनास्थलमै मृत्यु भएको जानकारी पाए । सायद त्यति पिडा मलाई अब जिबनमा कहिल्यै पनि आउदैन होला ” । त्यो पिडा भुलाउन श्रीमतीको आत्म शान्तिको लागि उनले घटनास्थलमा मन्दिरको निमार्ण गरे । त्यसैगरि सानोसिरुवारीको पर्यटकिय ठाँउ पाले थुम्का डाँडामा राधा कृष्ण मन्दिरको निमार्ण लगायत श्रीमती निनुमाया गौतमको सम्झनामा परोपकारी काम गरे । समाजमा राम्रो छबि बनाएका उनी गाँउ घरमा हरेक ब्यतिmको सुख दुखमा साथ दिन पुगेका हुन्छन् भने सामुहिक काममा सबैभन्दा अगाडी हुन्छन् । २०५८ सालमा आफुले अध्ययन गरेको सिद्धि गणेश बिद्यालयमा छात्रबृतीको शुरुवात उनले गरे हरेक बर्ष चार जना जेहेन्दार बिद्यार्थीलाई लाई चार हजारको छात्रबृती दिए । जसको कारण आर्थिक अबस्थाले पढ्न नसकेका बिद्यार्थीको जीबन उज्जवल बनेको छ । । अहिले एक लाखको अक्षय कोष स्थापना गरि त्यो परोपकारी कामलाई निरन्तरता दिईरहेका छन् ।
त्यसै गरि गाँउमा नयाँ स्वास्थ्य चौकीको भवन बन्ने भयो जग्गाको खोजी भयो । उनले भने आफनो ठाँउमा स्वास्थ्य चौकी बन्ने भयो यहाँका मानिसहरु स्वास्थ्य अभाबले कोहि पनि अकालमा मृत्यु नहोस् यो गाँउको लागि एकदमै फाईदा हुन्छ भन्ने मेरो मनमा लाग्यो र मैले आधा रोपनी जग्गा स्वास्थ्य चौकी निमार्णको लागि दान गरे उनले सुनाए । उनी दुखबाट आज यहाँ सम्म आईपुगेकोले अरुको दुख देख्नलाई ग्राहो हुन्छ उनलाई, त्यहि भएर गाँउमा समस्या पर्दा या चाडपर्ब मनाउन नसक्दा समेत उनलाई दुख बिसाउन धेरै मान्छे पुग्ने गरेका छन् । भने उनले धेरैको दशै खर्च टारिदिएका छन् गौतम भन्छन् “ दुई चार हजारको अभाबले कसैले चाडपर्व मनाउन नसक्ने अबस्था भएका ब्यतिmलाई मैले सहयोग गरेको छु । सक्नुहुन्छ तिर्नुस नभय पदैन भन्ने गरेको छु ” भुकम्प पिडितका लागि जग्गा दान, गाँउका बिभिन्न मन्दिरहरुमा गजुर हाल्ने देखि लिएर धेरै ठाँउमा बोटबिरुवा समेत रोपेका छन् । जसको सँरक्षण उनी आफै गर्छन् ।
अहिले हाम्रो समाजमा पैसा कमाएपछि शहर लाग्ने परिपाटी बढिरहदा उनमा कहिले पनि शहर जाने मानसिकता पलाएन जस्तो सुकै कठिन परिस्थितीमा पनि गाँउमै बसे र गाँउकै सेवामा लागिरहे । धन हुनेको मन नहुने मन हुनेको धन नहुने गरेको हाम्रो समाजमा उनी एउटा यस्तो पात्र हुन जसको धन र मन दुबै छ जसको कारणले उनी सबैको प्रेरणको स्रोत बन्न पुगेका छन् । खान त सबैले खानै पर्छ तर सबै सँग बाडीचुडी खादा जिबनको सार्थकता हुन्छ भन्ने भावनाले प्रेरित भएका गौतम अब बिभिन्न ठाँउहरुमा शितल ताप्ने चौतारीहरु बनाउने अभियानमा लागेका छन् । दुई छोरा दुई छोरीका बुबा गा्रैतमको जिबनलाई नजिक बाट बुझिरहदा यति भन्न सकिन्छ धन र मन दुबै भएका गौतमको बाँकी जीबन पनि परोपकार र समाजको उनन्ती प्रगतिमै बित्नेछ ।

सहकर्मी कृष्ण प्रसाद धिताल सँगको कुराकानीमा आधारित


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!