बुधबार, असोज १७, २०८०
गृहपृष्ठविचार/अन्तरवार्तासिन्धुका गर्व डा.रामप्रसाद

सिन्धुका गर्व डा.रामप्रसाद


बि.स २०२८ साल मंसिर ११ गते बुबा यदुनाथ धिताल तथा आमा नन्द माया धितालको कोखबाट साबिकको सानोसिरुवारी गा.बि.स बडा न.३ मा उनको जन्म भयो । बाल्यकालको शिक्षा कक्षा तिन सम्म घर नजिकै रहेको तत्कालिन श्री सिद्धि गणेश प्रा.बि र त्यसपछि चार देखि एस.एल.सी सम्म सदरमुकाम चौतारामा रहेको श्री कृष्ण रत्न गंगामा भयो । कक्षा दश सम्म उनको पढाई सधै कक्षामा दोस्रो तेस्रो मात्र हुन्थ्यो । गणित बिषयमा उनको पढाई अलिक कमजोर थियो जसलाई सुधार्न टुयुसन पढे भने नौ कक्षामा दुई बिषयमा एक बिषय छान्नु पथ्र्यो ।
गणित बिषय कमजोर भएकोले उनले त्यसलाई सुधार्न ऐच्छिक गणित बिषयनै रोजे र चुनौतिलाई सामान गदै अध्ययनलाई अगाडी बढाउदै हाजिरजवाफ,बक्तृत्वला लगायत अतिरिक्तm क्रियाकलापमा समेत सक्रिय सहभागीता जनाउने उनले २०४४ सालमा एस.एल.सी परिक्षा दिए । रिजल्ट राम्रो आँउछ भन्ने प्रतिक्षामा बसेका उनी त्यो बेला निराश भए, जुन बेला सबैको रिजल्ट आउदा उनको रिजल्ट स्थगित भयो । सबै साथीहरु रमाईरहदा उनी बेचैन भए । मनमा छटपटी शुरु भयो, चलिरहयो ।
त्यो बेलाको सम्झना गर्दै उनले भने “सबैको रिजल्ट आयो मेरो आएन, एक प्रकारको तनाब भयो, त्यसपछि त्यसबेलाका तत्कालिन प्र.अ नगेन्द्र प्रसाद दँगालले मलाई नआतिन र सँगै काठमाडौ परिक्षा नियन्त्रण कार्यलय लिएर आउनु भयो । किन स्थागित भयो रिजल्ट भनेर बुझदा कृषि बिषयमा स्कुलले दिने प्रयोगात्मक नम्बर चढेको रहेनछ । त्यो मिलाएपछि रिजल्ट आयो । म फस्ट डिभिजनमा पास भए, भने बिद्यालयमा सबैभन्दा बढि नम्बर मेरै आयो । जिल्लामा समेत म दोस्रो भए” । २०४५ सालमा त्यसबेलाको जिल्ला पन्चायतले एस.एल.सीमा जिल्लामा उत्कृष्ट नतिजा ल्याउनेलाई नगद सहित सम्मान गरेको थियो । उनलाई दुई हजार नगद सहित जिल्ला पन्चायतले सम्मान गर्यो । त्यसबेलाका तत्कालिन गुरुहरुको सम्झना गर्दै उनले बिगत सम्झे । “त्यो साल हामी चार जनाले फस्ट डिभिजन ल्याएका थियौ । त्यो भन्दा अगाडी त्यति सँख्यामा फस्ट डिभिजन बिद्यालयको आएको थिएन । त्यसको कारण त्यसबेलाका तत्कालिन शिक्षकहरु नगेन्द्र प्रसाद दँगाल,कृष्णराज श्रेष्ठ,यज्ञ दँगाल, योगेन्द्र शाह, दुधराज बस्नेत लगायत शिक्षकहरुको मेहेनत र हामीलाई उहाँहरुले सधै दिईरहनुभएको उर्जाले रिजल्ट राम्रो आएको थियो” । त्यसपछिको थप अध्ययनको लागि उनी काठमाडौ आए ।
बिज्ञान बिषय अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना भए । त्यहाँ अध्ययन गरिरहदा उनले प्राबिधिक बिषय पढ्नका लागि पुल्चोक इन्जिनिरिङ कलेजमा अध्ययनका लागि जाँच दिएका थिए । उता पनि नाम निस्कियो र डिप्लोमा सिभिल इन्जिनिरिङको लागि भर्ना भए २०४५सालमा भर्ना भएका उनले २०४८सालमा डिप्लोमा उच्च फस्ट डिभिजनमा पास गरे । पहाडको स्कुलबाट आएको अग्रेंजी सामान्य र देशभरिका बिद्यार्थीहरु सँग प्रतिस्पर्था गरि राम्रो नतिजा निकाल्नु चुनौती पुर्ण थियो । तर त्यो चुनौतीलाई अबसरको रुपमा लिन्थे, मेहेनत थप गर्थे, रातदिन अध्ययन गर्थे, जसले मलाई सहज हुन्थ्यो उनले भने । डिप्लोमा पास भएपछि इन्जिनिरिङ अध्ययन सँस्थानमा इन्जिनिरिङ स्तातक पढ्न परिक्षा दिए तर नाम निस्किएन । त्यसपछि केहि समय दुर सँस्थानमा ओभरसियरको जागिरमा जोडिए ।


जागिर गर्दै गर्दा इन्जिनिरिङ स्नातक पढन पुन परिक्षा दिए र दोस्रो पटक नाम निक्लियो ४८ जनामा छैठौ स्थानमा, त्यसपछि जागिर छोडेर २०५० देखि २०५४ सम्म सिभिल इन्जिनिरिङमा स्नातक अध्ययन पुरा गरे । अध्ययन गर्दै गर्दा प्रत्येक सेमेस्टरमा छात्रवृती दिने ब्यबस्था थियो, लगनशिलता र मेहेनतले प्रत्येक पटक उनले छात्रवृती पाए । स्नातक तहको अध्ययनको अन्त्य सँगसँगै उनी इन्जिनिरिङ छोडेर उर्जातिर लाग्ने अबसर प्राप्त भयो , उनले उर्जा क्षेत्रमा जोडिएको प्रसङगको बारेमा अगाडी भने ..“हाम्रो रिजल्टको फाईनल बर्षमा प्रोजेक्ट हुन्थ्यो ,मैले हाइवे इन्जिनिरिङ लिएको थिए । त्यसबेला क्यानडाको सेसी भन्ने सँस्थाले लम्जुङमा त्यहाँको बिद्युत बिकास कम्पनी सँग मिलेर लद्यु बिद्युत आयोजनाको तिन महिनाको तालिम दिएको थियो जहाँ म पनि सहभागी भए र उर्जातिर मोडिए” ।
त्यसपछिका दिनहरुमा २०५५ सालमा ग्रामिण उर्जा बिकास कार्यक्रम समुदायमा आधारित बिकेन्द्रित उर्जा प्रणलीको बिकास कार्यक्रममा उर्जा अधिकृतको रुपमा पर्बतको लागि छनोट भए । त्यहाँ रहदा उनको नेतृत्वमा पर्बत जिल्लाको भोक्सिङ गाँउको २३७ घरमा बिजुली बाली त्यो गाँउलाई नमुना गाँउको रुपमा बिकास गरे ।काम प्रतिको इमान्दारिता, परिणमुखी उपलब्धी निकाल्न सफल भएका उनलाई त्यहाँबाट थप पदोन्नती गर्दै सहयोगी सँस्था यु.एन.डि पीले मानब बिकास सुचाङमा सबैभन्दा कम भएको जिल्ला बाजुरामा उर्जा सल्लाहकारको रुपमा नियुतm गर्यो ।
२०५८ सालमा बाजुरामा बसी ग्रामिण स्तरमा उर्जाको पहुच पुयाउने महत्बपुर्ण भुमिका निबार्ह गरेका उनले डेढ बर्ष त्यहाँ काम गर्दै गर्दा थप अबसर प्राप्त गर,े जर्मन सरकारको छात्रवृतीमा नबिकरणीय उर्जामा मास्टर डिग्री गनर्,े डेढ बर्षको अध्ययन पश्चात नेपाल फर्किएपछि सरकारी सेवामा जोडिए । बैकल्पिक उर्जाको प्राबिधिक पक्ष,ब्यबहारिक पक्ष र जर्मनमा पढेको शैद्धान्तिक पक्ष ,बाजुरा , पर्बतमा काम गरेको अनुभबले नेपाल सरकारको मातहतमा रहेको बैकल्किप उर्जा प्रबर्धन केन्द्र काम गर्ने अबसर प्राप्त गरे जहाँ उनले शुरुवातमा माइक्रो हाईड्रोको सरकारको तर्फबाट हेर्थे । त्यसबेला ग्रामिण बिद्युतीकरणलाई प्रबर्धन गर्न महत्बपुर्ण भुमिका निवार्ह गरे । त्यसपछि २०६३ सालमा बैकल्पिक उर्जामा नेदरल्यान्ड सरकारको सहयोगमा सँचालित बायोग्याँस सपोट,सुधारिएको पानी घट्ट लगायत कार्यक्रमहरुको सँयोजन गर्ने जिम्बेवारी पाए ।
हरेक अबसर, कामलाई सकरात्मक सोचका साथ अगाडी बढाउने साथमा जिम्बेवारीलाई इमान्दारिता पुर्बक सम्पन्न गर्न सक्ने क्षमता भएकै कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अबसर सम्भाबनाका ढोकाहरु उनको जीबनमा खुलिनै रहयो । बैकल्पिक उर्जामा काम गदै गर्दा सँयुतm राष्ट्र सँघिय बिकास कार्यक्रम अन्तर्गत अफगानिस्तानमा नविकरणीय उर्जा बिशेशंज्ञको रुपमा काम गर्नै अबसर प्राप्त भएपछि बैकल्पिक उर्जा प्रबर्धन केन्द्रमा बेतलमी बिदा लिई द्धन्द्धग्रस्त देशमा समुदायमा आधारित कार्यक्रम कसरी सँचालन गर्न सकिन्छ , जनतालाई कसरी सहभागी गराउन सकिन्छ भन्ने कार्यक्रममा काम गरे । त्यहाँ पनि काम गर्दै गर्दा अस्ट्रेलिया र न्युजरल्यान्डको बिचमा रहेका साना टापुहरुको देश मध्यकोे देश भानुआतुमा अस्ट्रेलिया सरकारको सहयोगमा सँचालित उर्जा कार्यक्रमा थड कन्ट्री नेशनलको रुपमा उर्जा सल्लाहकारको रुपमा समेत रहेर काम गरे ।
गाँउको सरकारी स्कुलमा अध्ययन गरेर हरेक अबसरहरुमा प्रतिस्पर्धाबाट छनोट हुनु सामान्य थिएन । ति असमान्य परिस्थितीलाई उनको कडा मेहेनतले समान्य बनायो र हरेक प्रतिस्पर्धामा छनोट हुन सफल भए । उता काम गरिरहदा यताको बेतलमी समय सकिएपछि नेपाल फर्किए । पटक पटकको अन्तराष्ट्रिय स्तरको अबसर पाईरहदा त्यहाँनै बसेर काम गर्ने अबसरहरु नआएका होइनन् तर कहिल्यै बिदेश बस्ने मोह आएन ।आफनै देशमै आफनो क्षमताको प्रयोग,उर्जा खर्च गर्नुपर्छ भन्ने सकरात्मक सोचाईले बिदेशमा सिकेको अनुभब आफनै देशमा लागु गर्नुपर्छ भन्ने सोचाई सधै आफुमा भएको उनको अनुभब छ । त्यहाँबाट फर्किए पछि बैकल्पिक उर्जा प्रबर्धन केन्द्रमै काम गर्दै गर्दा बिभिन्न समयमा पदोन्नती हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभब बैकल्पिक उर्जामा शैदान्तिक ज्ञानले २०७१ सालमा प्रतिस्पर्धाबाटनै मन्त्री परिषदले निर्णय गरि उनलाई बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको कार्यकारी निर्देशकको रुपमा नियुतm गर्यो ।
चार बर्ष त्यहाँ जिम्बेवारी सम्हालेका उनले त्यहाँ रहदाको अनुभबहरुलाई सम्झना गर्दै भने “मैले त्यहाँ जिम्बेवारी सम्हालिरहेको बेलामा केहि जटिल अबस्थाहरुको सिर्जना भएको थियो , ७२ सालको बिनाशकारी भुकम्प,भारतको नाकाबन्दी र सबैभन्दा ठुलो सहयोगी सरकार डेनमार्क सरकारले नेपालमा आफनो दुताबास बन्द गरि सहयोग रोकेको अबस्था थियो । तर हरेक समस्यालाई हल गर्नको लागि सकरात्मक सोचको आबश्यता पर्छ र सामुहिक काम गर्नै भावना हुनुपर्छ त्यसकै कारण हामी सफल भयौ । भुकम्प गएसँगै सबैमा त्रास थियो सम्पर्क सम्बन्य टुटेको थियो , गाँउमा बति थिएन , मोबाईल चार्ज गर्ने अबस्था थिएन ,पराकम्पनहरु गईरहेको थियो त्यसबेला हामीले ईमरजेन्सी राहत कार्यक्रमको योजना बनाई भोलिपल्ट बाटनै हामीले मोबाईल चार्ज,उज्यालाको लागि र कम दाउरा प्रयोग हुने चुलो बितरण गयौ १४ जिल्लामा एक लाख पचास हजार सोलार, पचास हजार चुलो लगायत बैकल्पिक उर्जाहरु बितरण गर्यौ ।
मैले त्यहाँ आफनो कार्यकाल सकिएपछि बाहिर रहेर आफुले गरेको उपलब्धीहरुको बिश्लेषण गर्दा सर्वसाधरणमा उर्जाको पहुचँ,सेवा प्रबाहमा सुधार,र नितिगत रुपमा परिबर्तन गर्न सके भन्ने लाग्छ” । आफनो जिम्बेवारीको काम सँग सँगै उनले पढाईलाई पनि अगाडी बढाईनै रहेका थिए । २०६९ सालमानै पि.एच.डिको लागि पुल्चोक कलेजमा भर्ना भैसकेका थिए । पढाई राती चल्थ्र्यो । बैकल्पिक उर्जाबाट चार बर्षको कार्यकाल सकिए सँगै केहि समय अध्ययनलाई समय दिदै २०७६ सालमा नबिकरणिय उर्जामा बिद्या वारिधी गरे ।
र, हाल नेपाल सरकारले उनलाई बिद्युत नियगमन आयोगको प्रबतmा तथा सदस्यको रुपमा २०७६ बैशाख २६ गते नियुतm गरेको थियो । जुन नियुतmी प्रतिस्पर्धाबाट नै थियो ,उनले नेपालको उर्जा क्षेत्रको नियगमन कसरी हुनुपर्छ भनेर पाँच बर्षको खाका प्रस्तुत गरिसके पछि त्यसलाई नेपाल सरकारले स्विर्कायो र उनलाई नियुतmी दियो । जहाँ अहिले बिद्युतमा नियगमन कसरी गर्ने,शुशासन,उपभोतmाको हक हित सँरक्षण, राष्ट्रिय अन्तराट्रिय स्तरमा सम्बन्ध कायम,र योजनाहरुको अनुगमनको क्षेत्रमा जिम्बेवारी सम्हालिरहेका छन् ।
जिल्ला बिकास समिती बाजुरा , बिश्ब बैक,एसियाली बिकास बैक,सँयुतm राष्ट्र संघिय बिकास कार्यक्रम, यु.एन.डि.पी,इन्जिनियर एशोसेशन,नेपाल सरकार,उर्जा मन्त्रालय लगायत दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाले उर्जा क्षेत्रमा पुयाएको योगदानको कदर गदै सम्मान प्राप्त गरे । परिस्थिती सधै एकनास हुदैन त्यसमा धैर्यता,आफनो गन्तब्यको पहिचान गरि लगनशिल भएर निरन्तर लागिरहने,र बाहिरको बाताबरणको अबस्था अनुसार आफुलाई त्यसमा अपडेट गराईरहने सरकारी बिद्यालयमा पढेको भनेर अन्तराट्रिष्य स्तरमा प्रतिस्पर्धा गर्न सकिदैन भन्ने कमजोर मानकिता नबनाउने, र आफुसँग भएको अध्ययनलाई जाँच्ने गरियो भने सफलता प्राप्त गर्न सकिन्छ भन्ने एक उदाहरणिय पात्र र सिन्धु भुमिका गर्ब हुन डा.राम प्रसाद धिताल
                                                                                                  कृष्णप्रसाद धिताल सँगको कुराकानीमा आधारित ….
सिन्धु सन्देश साप्तहिकबाट


क्याटेगोरी : विचार/अन्तरवार्ता, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!