शनिबार, असोज ६, २०८०
गृहपृष्ठपर्यटनसुन्दर पाँचपोखरी : लाग्थ्यो मलाई स्वयम् शिवले बोलाइरहेछन्

सुन्दर पाँचपोखरी : लाग्थ्यो मलाई स्वयम् शिवले बोलाइरहेछन्


  • अनिश तिवारी

टुक्रे बादलबीच श्वेत हिमश्रृंखला एउटा आकृति लुक्दै चियाइरह्यो । लाग्थ्यो स्वयम् महादेव नै नाच्दै डमरु बजाएर हामीलाई नै ह्योल्मोभुमीमा बारम्बार बोलाइरहेका छन् । त्यति नै खेर सुर्यको प्रकाशपुञ्ज माथिल्लो डा“डाको प्रतिबिम्ब हलुका हुस्सुस“गै एकदमै हलुकासग उत्रिदा यति कलात्मक देखियो मैले सहन नसकेर नाच्दै मनमगन भइदिए । त्यो छायामा लाग्थ्यो ओमकार गुञ्जिरहेको छ, रहस्यमयी मन्त्र लेखिएको छ ,अनि मैले फोटो खिच्ने कसर बाँकी राखिन् ।
भनिन्छ आदिपुरुष महादेव जब परमानन्द भए ,उनले ओमकारको ध्वनीसँगै खुब नाचे ,कुदे अनि ध्यानस्थ शुन्यमा स्थित भए । (शिवोपनिषद) म पनि अचम्मसाथ नाच्न थाले,मन एकैसाथ झुम्न थाल्यो जसरी म हेलम्बुमा पुग्दा एकदमै बारम्बार झुम्थ्ये ।
यसरी सुरु भयो यात्रा
मेलम्ची बजार सकेलगत्तै तिपेनी गेटमै पा“चपोखरी थाङपाल गाउ“पालिकाका अध्यक्ष टसी लामा ह्योल्मो, उपाध्यक्ष सुनिता अधिकारीसहित जनप्रतिनिधिले हामीलाई भव्य स्वागत गरे । एक घण्टे चियापान सकेपछि हाम्रो बोलेरो तीन घण्टासम्म मोटरवेल पुल,कच्ची सडक कुदिरह्यो ।
जब थाङपालधाप,थाङपालकोटको आर्कषक फराकिला फा“ट देखिन थालेपछि लाग्यो बल्ल पो पा“चपोखरी आइदैछ । फेरि क्रमशः फिल्मी शैलीमा पुराना शैलीका बस्ती ,जंगल ,फाट पहरा हेर्न थाल्यौ । पारी भित्तामा देखिने कुनै भव्य नगरी शानको भोताङ,गुन्सा ,बरुवा,बासखर्क गाउ“ हेर्न रोकिएर तस्विर खिच्न थाल्यौ ।
भुकम्पमा सर्वाधिक (एकसय २२ )ले ज्यान गुमाएको भनिएको गुन्सा,भोताङ,बरुवा देख्दा लाग्थ्यो साच्“चै भुकम्पले गाउ बजार बनाइदिएछ । निला रंगिन जस्तापाताले भरिएको गुन्सापछिको केही फाट्टफुट तामाङ बस्तीपछि भोताङको चिलाउने होमस्टेमा आएर हाम्रो बास बस्यो । होमस्टे भनिएको यह“ाको दर्जनौ गाउ“मा ‘वाइफाइ’ र बिजुलीसहित सुविधाजनक ढलान घर बनेको देख्दा दंग परियो । त्यहा ग्याल्बो लामा ( एक विद्यालयका प्रधानध्यापक ) ,राजु लामाले हामीलाई अर्गानिक खसिको मासु,काक्रो र मकैको भोज खुवाए । सुताइ राम्रो थियो ।
बाटोमा आउदा रैथानेश्वर मन्दिर र तालको बोर्ड सम्झेर मन चंगा भइरह्यो । बिहान ६ बजे हिड्ने योजनानुसार बोलेरो यात्रा मनिगाउ“, मानेखर्कबाट आधा दर्जन तामाङ बस्ती सकेपछि अन्तिम मानव बस्ती छिम्ती बजारमा आएर हामी रोकियौ । छिम्ती बजार कुनै समृद्ध नगरभन्दा कम थिएन् । बाक्लो बस्तीमा सुविधाजनक होटेल रिर्सोटले भरिएको देखिन्थ्यो । त्यहाबाट सवारीसाधन सुविधाले हाम्रो साथ छोडे । किनकी त्यहाबाट उता सवारी सडक थिएनन् ।
‘त्यह“ाबाट दुई दिन पैदल हिडेपछि मात्रै पा“चपोखरी पुगिन्छ सरहरु ,’हाम्रो नेतृत्व गरिरहेका ग्याल्बो सरले माथिल्लो डा“डो औल्याउदै भने । सामान्य अण्डा चिउरा खाजा पेटमा हुलेपछि भोक मेटेलगत्तै बिहान नौ बजे हाम्रो पा“चपोखरी पद यात्रा सुरु भयो । छिम्ती छेउको सिधा बाटो , दुधझै देखिने ढाडो खोला र झोलुंगे तरेपछिको बाटो लाग्थ्यो कुनै रहस्यमयी इन्द्रजालको भ्रममा छौ । लेकाली फुल ,सुनपाती ,अमिलो पातीबाहेक अरु केही देखिदैन् । लेक लाग्ने डरले आत्तिएको हाम्रो टिमलाई मैले सबैको बोकेको आश्वास दिइरहन चुकिन् ।
एउटै संरचना आखा वरीपरी नाचिरह्यो माथि उकालो र तल ओरालो । एक घण्टा हिडिसकेपछि सडक आसपासमा केही छाप्रोमा राखिएका केही होटेल पनि भेटिए । त्यसपछिको तीन घण्टाको यात्रा जंगल,पहाड खोलामाथि काठ्को फड्के लाग्थ्यो यो यात्रा कहिले सकिदैन् । पाचपोखरी पुगेर फर्किएका वृद्धवृद्धा र यात्रु फुर्तिलो अनुहार पार्दै भन्थ्ये , ‘चाडै पुग्नुहुन्छ ॐ नम शिवाय भन्नुस् ।’
हाम्रो यात्रामा कसैले निश्चित समय भनेनन् । कसैले भन्थ्ये रातिमात्रै पुगिन्छ ,कसैले ५ घण्टापछि ,कसैले आजै पुगेर फर्कनसक्नुहुन्छ । हामी खुब भ्रमित हुन्थ्यौ । शरिर पसिना र थकाइले रातो भइसकेको थियो । टुप्पिडाडामा आएर आमै सोमुङ्मा लामाले कोदोको ढिडो र आलु मस्यौराको तरकारी खुवाइन् । हाम्रो शक्ति फर्कियो तर, त्यतिबेला शरिर कपाउने वर्षात् भयो । ‘स्योहो बोन्पो स्योहो ’ भन्दै आइरहेका झाक्री छाता ओडेर भएपनि नाचमा व्यस्त देखिए । ‘आहा कति गहिरो श्रद्धा ?,’हामीस“गै बसेकी अमेरिकि हजुरआमा फ्रेकिनले नेपाली बोलिन् ।
वर्षात केही मत्थर भएपछि प्लाष्टिक ओडेर हाम्रो यात्रा चल्यो । नागिथाङ ,मानेखर्क ,माने चौतारी हु“दै नोस्यामपाटीसम्म पुग्दा साझ झमक्क भयो । ग्याल्बो सरको सहयोगमा तत्कालै त्यह“ा बासस्थान्को राम्रो प्रबन्ध भयो । नोस्यामपाटीमा अस्थायी छाप्रो हालेर भात तरकारीको ठिकै व्यवस्था गरिएको थियो । बिहान निस्कनै लाग्दा छाप्रोका सुनाम लामाले सोधे,‘तपाईहरु कोही पत्रकार पनि हुनुहुन्छ ?,’
त्यतिखेर हाम्रा यात्राका योजनाकार जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख (मामा) कृष्ण सुवेदीले कडा जवाफ दिएपछि उनी चुप भए । ‘त्यत्रो दुख पाउदा केही वास्ता नर्गने, अब जाने बेला सबै पैशा तिरेपछि किन चाहियो पत्रकार ?,’उहाले भनेको अभिव्यक्ति एक हिसाबले चित्तबुझ्दो थियो ।
भोलिपल्ट बिहानै ६ बजे याक र चौरी, बाटामा राखिएका लस्कर माने मन्त्र शिलाको दर्शन गर्दै थालियो । नोस्याम भिरको मनोरम उकालो सिढी चढेपछि हामी (कान्तिपुरकर्मी कमला पाख्रिन् र म) वरीपरीको दुश्यको आनन्द लिन थाल्यौ ।
मानेडा“डा ,भुमेडा“डा ,देव डा“डा हरे कयौ विशाल चट्टानबीच बनेको सिढी पदमार्ग टेक्दै हिड्नुको मज्जा लिइरह्यौ । लौरीबिनायकमा आइपुगेपछि हाम्रो आखा मन र शरिर एक क्षण वशिभुत भयो । त्यो टुक्रा टुक्रा बादलबीच घुम्टो लुकाइरहेको श्वेत हिमालबीच एउटा आकृति लुक्दै चियाइरह्यो । लाग्थ्यो स्वयम् महादेव नै नाच्दै डमरु बजाएर हामीलाई नै पा“चपोखरी बोलाइरहेका छन् । त्यति नै खेर सुर्यको प्रकाशपुञ्ज माथिल्लो डा“डाको प्रतिबिम्ब हलुका हुस्सुस“गै तल उत्रि“दा यति कलात्मक देखियो मैले सहन नसकेर नाच्दै मनमगन भइदिए । त्यो छायामा लाग्थ्यो ओमकार या ह्योल्मो मन्त्र लेखिएको छ ,अनि मैले फोटो खिच्ने कसर बा“की राखिन् ।
त्यसपछिको यात्रा फेरिएन् त्यस्तै अनौठा रहस्यमयी लाग्ने पहाड पर्वतबीच क्रमबद्ध बनाइएको पदमार्ग । नोस्याम,तप्खर्क, तोरपुली ,लौरीबिनायक र आहिले हामी भुमेदेवको भिरको कलात्मक द्वारमा आएर थकाइ मा¥यौ । ‘त्यह“ा थकाइ मार्नु हुन्न हजुर भुमे ढोगेर हिड्नुस्, नभए झनै थकाइ बढ्छ, ’हामीलाई खाली खुट्टामा एक पाइलाले पछाडी पार्दै उम्किरहेका रसुवाका झाक्री सुनविर लोप्चनले सुझाए । त्यसपछि हामी उनकै लयमा एकछिन साथ दियौ ,फेरि त्यही थकाइ । २२ किलोमिटर पदमार्गको यात्रा सकिरह“दा लेकाली स्वादको पानी,अमिलो अनि सुनापाती चुट्दै झोेलामा हाल्दै थकाइको सदुपयोग गर्दै थियौ ।
झण्डै १ बजे पा“चपोखरीको द्वारमा सयौ (ढुृंगा चाङ लगाइएको ) इच्छा पुरा गर्ने मानकस“गै पा“चवटा तालले हामीलाई स्वागत गरे । त्यतिखेर हुस्सु लागेर वरीपरीको सुन्दरता ढाक्दै लगिरह्यो । भैरवकुण्ड,सरस्वती कुण्ड,सूर्य कुण्ड मात्रै देखियो अरु कुण्ड बादलभित्र खोज्न जानुपर्ने अवस्था आएपछि अन्योलमा परियो ।
एकछिन्को वर्षापछि मौसम खुल्यो । माथिल्लो क्षेत्र धारिला डाडा । ओरालो लागेका जस्ता देखिने टक्क सजिएका ठुला ठुला गोलाकार ढुंगा । जस्तापाताको भएपनि चिटिक्क देखिने महादेव मन्दिर अनि छेवैमा ध्वजा पत्ताले सुसोभित पा“च मनै लोभ्याउने पोखरी । लाग्थ्यो छ भने स्वर्ग यही हो नत्र कतै छैन् ।
पोखरी हेरेर फर्किएपछि मामासहित जिल्ला शिक्षाको टोलीले फर्किने भयो । मैले हाम्रो काम नसकिएकोले सकुशल बिदा गरे । अब हामी कान्तिपुरकर्मी (कमला पाख्रिन र म) लाई अव्यवस्थित रुपमा बनाइएका थुर्पमा बास खोज्न धौधौ प¥यो । सोन्कुब कान्छाले उनको छाप्रोमा जसोतसो मिलाए ।
थुर्पको अव्यवस्थित रात
चिया पान ,खाना सक्यौ । कमला लेडिज ग्रुपमा आनन्दले सुतिन् । म थन्किएको अलपत्र स्थानमै (पा“चपोखरी थाङपाल गाउ“पालिकाबाट आमन्त्रित )संञ्चारकर्मी मिलन लामा ,विकासबाबु श्रेष्ठसहित आशिष गुरागाईसहित अरु थप आइपुगे । आयोजक टिमलाई सराप्दै गुरागाई अन्य व्यवस्थाको लागेपनि त्यतिबेलासम्म परिचित भइसकेका मिलन,विकासबाबु र म सुखदुःख कम्बल ओडेर सुत्यौ ।
सिरानी ,ओछ्यान चोयाको , अनि ओड्ने कवाडी कम्बल त्यसैमाथि सबैको घुरेको डरलाग्दो आवाज जति कोल्टे फेरियो निन्द्रा कसरी लाग्नु पनि । रातको एक बजेसम्म निन्द्रा नलागेपछि मिलन जी र महादेवको दर्शनको लागि नुवाउदै जात्राको रौनक हे¥यौ । बिहान चार बजेसम्म केटाकेटी जात्राको सदुपयोग गरेर गितको दोहोरी ,प्रेम साट्दै थिए । शायद उनीहरु मातेकै थिए होलान् । त्यो रात यसरी घुमेर कटाइयो ।
पा“चपोखरी दर्शन्
चार हजार दुई सय मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल पा“चपोखरी पुग्दा खुशी नहुने को छ र । हजारौ संख्याको भिडमा पाचापोखरी वरीपरी र मन्दिर परिसरमा झुमिरहेका देखिन्थ्ये । वरीपरीको तीन वटै थुम्को ढिस्कोमा चढेर पा“चपोखरीको दुश्य खिच्दा थकाइ नै मेटियो । माथिल्लो डा“डा थुम्को छर्लङ्गै तालमा देखिदा पा“चपोखरी अझै रहस्यमयी प्रतित हुन्थ्यो । लाग्थ्यो यो भित्र अलग्गै संसार छ ।
प्रत्येक कुण्डको छेउको थुम्कोबाट जुगल, लाक्पादोर्जे र सिमिसिदाङ हिमालको दर्शन पाउदा मन रम्यो । कोही पलेटी कसिरहेका छन् ,कोही नुवाएर पाप पखाल्ने प्रयत्नमा देखिन्छन्, लागथ्यो सबैको मनोकाच्छा पुरा भइरहेको छ ।
आवश्यक तस्विर ,भिडियो लिने क्रममा शुर्यकुण्डमा एउटा अचम्मको धामिझाक्रीको परम्परा भेट्यौ । त्यह“ा नय“ा धामी झाक्री बनाउनको लागि एउटा अचम्मको तान्त्रिक प्रक्रिया हुने रहेछ । सबै सिद्ध गरेपछि पा“चपोखरीको शुर्यकुण्डमा डुबाएपछि हाच्छुय आएमा पक्का धामी हुने यह“ा विश्वास् रहेछ । त्यत्रो पोखरीमा डुबाउदा पनि धामी सकुशल देखेर हामी चकित भयौ ।
त्यो दिन यात्रा सकेर हामी चा“डै झ¥यौ । बाटोमा धेरै पटक हिलोमा नराम्रोसग पछरिएर फर्कियौ ।
महादेवलाई भोटे कुकरको घण्टी
अन्दाजी करिब दुई हजार ३ सय २५ वर्षअगाडी (वाइबाका वंशजका प्रर्वतक)प्रख्यात शिकारी बुम्वा रुवा वाईबाले सिकार खेल्दै जाने क्रममा पा“चपोखरी पत्ता लगाएको मानिन्छ । हिउले ढाकेको पोखरी अगाडी धान रोपाई गरिरहेको देखेपछि यस्तो हिउमा रोपाई गर्ने को होला भन्ने सोच्दै अचम्ममा परेका वाइबाले नजिक गएर हेरे । धान खेती गर्नेमध्येका लोग्ने मानिस (महादेव)ले वाइबालाई देख्नेबित्तिकै धान खेती गरिरहेका खेतालासहित अदुश्य भए । महादेव र देवगण अलप भएको देखेपछि ईश्वर प्रेमले भावुक भएका वाइबाले मन्दिर स्थापना गर्नुपर्ने सोचे । त्यतिबेला केही नभएपछि आफ्नो शिकारी कुकुरलाई लगाइराखेको घण्टी फुकालेर झुण्ड्याइ चढाएर मन्दिर स्थापना गरी वाइबा फर्के ।
कसरी जाने ?
काठमाण्डौबाट मेलम्ची हुदै पाचपोखरीको थाङपालधाप,थाङपालकोट हुदै भोताङको छिम्ती बजारसम्म यात्रुबस सहज छ । सदरमुकाम चौताराबाट रमणिय ओखरेनी,खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुदै पैदल मार्ग जान सकिन्छ । भोताङको मनिगाउ“ हु“दै छिम्ती बजार पछि २२ किलोमिटर पदमार्ग पैदल पार गर्नुपर्छ । नोस्याम,तप्खर्क, तोरपुली जस्ता दर्जनौ स्थानमा बास र खानपानको लागि व्यवस्था गरिएको पा“चपोखरी – ३ का अध्यक्ष निमाछिरिङ लामाले बताए ।
यस्तो छ धार्मिक महत्व
इन्द्रावती नदीको जननी मानिने पा“चपोखरीको पाच वटा कुण्डको नामसमेत् फरक रहेको स्कन्ध पुराणको हिमवत् खण्डको श्लोकमा ‘पञ्चपोखरी महात्म्यम्’ नामक तिर्थस्थलको उल्लेख पाइन्छ । स्कन्ध पुराणअनुसार यह“ा रहेको भैरवकुण्ड,सरस्वती कुण्ड,सूर्य कुण्ड र नाग कुण्ड तीर्थराज प्रयाग र बाडगंगा कुरुक्षेत्र समानको तिर्थस्थल भनिएको छ ।
गुप्त मन्त्रतन्त्र निधि लुकाइएको मानिने ह्योल्मोक्षेत्र हेलम्बु, पा“चपोखरी तिब्बती ग्रन्थ अनुसार तपोभुमी र तन्त्रमन्त्र सिद्धिको रहस्यस्थल मानिएको छ । परमगुरु रेन्पोछे (पदमसंम्भव ), महायोगी मिलारेपा, आमा यांग्रीदेखि अनन्त औतारी लामा गुरुले तपस्या गरेको मानिन्छ ।


क्याटेगोरी : पर्यटन, विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!