Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठब्लग / विचारदास प्रथाको अवशेष अझै बाकी छ।

दास प्रथाको अवशेष अझै बाकी छ।


– सुनिल मिजार

• प्रवेश :-

दास भन्ने बितिकै कमारो,सेवक ,नोकर भन्ने बुझिन्छ, यो प्रथाको सुरुवात हजारौं बर्ष अगि बाट सुरु भएको हो,
दासता भन्ने महामारीले संसारलाई पिरोलेको थियो र छ।
पशुधन सरह मानिसलाई किनबेच गरेर काममा लगाउनु नै दास प्रथा हो।
दासताले त्यति बेला जरा फैलाउदछ जति बेला मानव जीवन आर्थिक ,सामाजिक ,राजनैतिक इत्यादि चपेटा र उत्पीडनमा पर्छ र पारिदछ
सामन्तवादी युगमा जति दास प्रथाको प्रभाव र मानव जीवन दोस्त पारिएको थियो अहिले २१ औ सताब्दिमा आएर पनि पुजीवादी युगमा नदेखिने गरि ´भुस भित्रको आगो जस्तै ` योजना बद्ध कमारो बनाउने सिस्टम लादिएको छ।उदाहरणको लागि सामन्ती युग भनौ या दास युगका मालिक आज  पुजिपतीका रुपमा देखा पर्नु र त्यतिबेलाका मोहि ,कमारा आज श्रमजीवी बर्गको रुपमा देखा पर्नु दास प्रथाको रूपान्तरित रुप हो।
दासता  बारे स्पष्ट पारी दासप्रथाको विरुद्धमा आवाज उठाउन प्रेरणा जगाउने उदेश्यले लेखिएको आलेख हो।

• दासको निर्माण ३ प्रकारले हुनपुग्दछ ।

तात्कालिक समयमा दास तिन किसिमले हुने गर्दथ्यो
१. दुई देशका सेनाका बिचमा युद्ध हुदथ्यो जस्ले युद्ध जित्दथियो हार्ने देशका सेना ,जनता जित्नेले बन्दी बनाएर दास बनाइन्थ्यो।
२.ऋण नतिरे बापत ऋण लिने ब्यक्ति वा उसका छोराछोरी दास बनाउने
३.आफ्नो मालिकलाई खुशी पार्नको निमित आफ्नो बच्चालाई उपहार स्वरुप दिने

• दास प्रथाको विश्व इतिहासको सम्छिप्त परिचय।

मानबता बिरोधि दास प्रथा बिश्व भरिनै हजारौं बर्ष अगाडि बाट नै चल्दै आयो कतिपय दासता एक देशले अर्को कमजोर देशलाई बन्धक बनाउथे त कतिले जाती ,भाषा ,धर्म ,रङ्ग का आधारमा दास बनाउने गरिन्थ्यो ।
चिनको ह्वाङ्गो नाइल नदि किनारा ,भारतको पुर्बी प्रदेशका अधिकाम्स ठाउँमा दास प्रथा व्यापक थियो। युरोपले जब सन् १६५०-१८५० मा अफ्रिकाको  तल देखि माथी सम्मका सबै जनजीवनलाई बन्धक बानाइ आफ्नो दास बनायो।सस्तो कामदार ,मरे जेसुकै भएपनी मतलब नहुने जसरी पनि काम गर्नु पर्ने काम गर्न नसकेको खण्डमा काटेर फालिने गरिन्थ्यो चाडैं नै युरोप विकसित देशको रुपमा बिकास भयो ।युरोपमा चिनिको माग धेरै थियो अरब र युरोप सगै मिलेर अफ्रिकाको काला जातीलाई माथी श्रम शोषण गरि सफल भए तर अफ्रिकाले भने आफुलाइ बिकास गर्न सकेन  ।
कुनैपनी देश बिकास हुनका निमित खोज अनुसन्धान आवश्यक पर्दछ अनुसन्धान गर्ने क्षमता उतर अमेरिका,अफ्रिकाको ठाउँमा कृषिका लागि उतम भएको  त्यहाँ कफि ,उखु बाट   चिनी धान धेरै उत्पादन हुन्छ भन्ने कुरा जब शासकले थाहा पाए कमजोरलाई दास बनाएर मन लागेको जति काम  गर्न लगाउने गरिन्थ्यो ।
अफ्रिकामा दास प्रथा जात,धर्म र रङ्गको रुपमा देखा पर्यो ठुलो जातले सानो जातलाई ,गोरा जातिले  काला जातिलाइ दास बनाउने गरिन्थ्यो।
सेता छाला भएकाहरुको सोचाइ यस्तो बनिसकेको थियो कि हामी जन्मेकै शासन गर्नलाइ हो ।त्यहाँ काला जाति सबै दास थिए।
त्यसैगरी युरिपियन देशले मुस्लिम बाहेक अरु सबै धर्म मान्नेलाइ दास बनाए।
जब अमेरिकामा अब्राहम लिङ्कन्को उदय भयो सबैलाइ थाहा थियो कि उनी दासहरुलाइ सहयोग गरिरहेका छन उनी एक अति चलाख राजनितिग्य थिए उनी रिपब्लिकन पार्टी बाट जब राष्ट्र पति भए उनले सन् १८६१ मा दास प्रथा अन्त भएको घोषणा गरे उनले मानवताबिरोधी दास प्रथा अन्त गरेर अमेरिकाको शिर उच्च तुल्याए अनि स्वाधीनताको झन्डा फर्हाए।
अमेरिकामा भएको दास प्रथाको अन्त त्यहाँको मात्रै होइन बिश्वको सबै देशको लागि उदाहरणिय भयो र उपलब्धि पनि।

• नेपालमा दास प्रथाको प्रभाव

सामन्ती वादी युगमा नेपालमा भने दास प्रथा ब्याप्त रहेको थियो।राणाकालीन समयमा नेपालको मुलुकी ऎन १९१०  जङ्ग बहादुर राणाले  दास प्रथालाइ जातको आधारमा सम्बोधन गरि कानुनी मान्यता दिएका थिए यो सबै तथ्य र आधारलाई हेर्दा जातको आधारमा जनजीवनलाई दास बनाएको कुरो बिहानको घाम झै छर्लङ्ग हुन्छ।
हिन्दुशासित नेपाली समाजले ठुलो भनेर चिनाइदिएको जातले क्रमशः आफुभन्दा तल्लो जातलाइ शोषण र दास बनाउदै जाने होडबाजी नै चल्न थाल्यो ,त्यसैगरि पुरुषले महिला माथी दमन अनि शोषण गर्ने क्रममा पिधमा परेको समुदाय जाती लिङ्ग नेपाली समाजको दासको रुपमा परिचीत भयो र उनीहरुको जीवन धोस्त पारियो ।उदाहरणको लागि दलित समुदायलाई र महिलालाई  लिन सकिन्छ उनीहरुलाई सम्पत्ति कमाउने,स्वतन्त्र भएर बोल्ने ,पढ्ने त्यति मात्रै होइन आफ्नो श्रीमतीको अधिकार समेत नहुने कमारो नोकर मात्रै बन्नु पर्ने ब्यवस्था थियो तर पछि आएर  नेपालमा १९८१ मा चन्द्र सम्सेरके दास प्रथाको अन्त्य गरेको घोषण गरेता पनि
नेपालमा दास प्रथा अहिले पनि कायमै रहेको पाइन्छ त्यसको प्रत्यक्ष उदाहरण पश्चिम तराईका ५ जिल्ला कैलाली ,कंचनपुर ,बाके ,बर्दिया र दाङमा बिध्यमान कमैया र कमरी प्रथा सुदूर तथा मध्य पश्चिममा हलिया प्रथा पुर्बी तराईमा हरुवा र चरुवा प्रथा रहेको छ।
सरकारले बि.स. २०२० सालमा छुवाछूत मुक्त राष्ट्र ,२०५७  सालमा कमैया प्रथा त्यसै गरि २०६२ सालमा हलिया प्रथाको अन्त र २०७० सालमा कमारी मुक्त राष्ट्र घोषणा
गरेता पनि ब्यवहारिक पाटो भने कमजोर नै देखिन्छ।

• नेपाली समाजमा परिवर्तित दास प्रथाको रुपलाइ कसरी चिन्ने

हामी सबैलाई लाग्दछ कि नेपालमा दास प्रथा थियो आज छैन तर त्यो बिल्कुलै हाम्रो गलत बुझाइ हो। तात्कालिक समयका जमिनदार अहिलेका पुजिपती बर्ग ,मोहि किसान आजको श्रमजीवी बर्ग हुनु त्यसै गरि त्यतिबेला बन्धक बनाएर श्रममा लगाइन्यो तर अहिले रोजगारी नाममा दिनानुदिन युवाहरुलाई नियम पुर्याएरै बेचिनु अझ गतिलो उदाहरण जात कै आधारमा नेपाल सरकार देखि समाजले सम्म दलित भनी विभेद गरि दलित जीवन पतन बनाउनु दास प्रथाको रूपान्तरित
अवस्था हो।

• अन्तमा

मानिसले मानिसलाई मान्छे भएर बाच्न नदिने सिङ्गो मानव जीवन माथीको कलङ्क हो दास प्रथा । जिउदो लास बन्दै समाजका मालिक ,जमिनदार ,पुजिपती अझ शोषक सामन्तीहरुले  मुठीमा कैद गराइ  (निर्जीव  मेसिन जस्तै ) आवाजबिहिन बनाइ हिजो र आज सम्म पनि छाक टार्ने बर्ग अथवा समुदाय बनाइ योजनाबद्ध कमारो बनाउने सिद्धान्तमा डोर्याएर सिङ्गो हिजोका दास आजको कमारो श्रमजीवी बर्गको शिरमा लात मारिरहेको छ, अझै मानव जीवन दास बनाइए फाइदा लुट्न ढुकी बसेको छ । पिछडिएका बर्ग समुदाय र सम्पुर्ण श्रमजीवी बर्ग एक भएर रूपान्तरित  दास प्रथाको विरुद्धमा संघर्ष गर्नु  आजको  आवश्यकता हो।

उक्त आलेखक लेखक सुनिल मिजार दलित एकता संजाल नेपालको केन्द्रिय सचीव पनि हुनुहुन्छ।


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार