एमालेलाई चुनाव जित्न जति सहज छ, माओवादीलाई छैन–सरेश नेपाल

चौतारा–सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेबाट सरेश नेपाल उम्मेदवार बनेका छन् । एमाले केन्द्रीय सदस्य उनी एक्लै चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादीका माधव सापकोटा (सुबोध) सँग नेपालको प्रमुख प्रतिस्पर्धा हुँदै छ । उमेर र अनुभवले पाका नेपाल र युवा नेता सापकोटाबीच रोचक प्रतिस्पर्धा हुँदै छ । त्यसैले यो निर्वाचन क्षेत्रको प्रतिस्पर्धा सबैको चासोमा छ ।
जिविस उपसभापति र सभापति बनेर नेपालले १० वर्ष सिन्धुपाल्चोक विकासको नेतृत्व गरे । बागमती प्रदेश सभा सदस्य हुँदै उनी वन, वातावरण तथा पर्यटनमन्त्री भए । जिल्लाको राजनीतिमा ‘चुतर खेलाडी’को छवि बनाएका नेपालसँग आशन्नत प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सिन्धुखबरले गरेको अन्तर्वाता यहाँ प्रस्तुत गरिएको छ :
तपाईँ भोट माग्न व्यस्त हुनुहुन्छ, मतदाताबीचमा आफूलाई कसरी प्रस्तुत गर्दै हुनुहुन्छ ?
बिगतको जस्तो अनुकूल परिस्थितिमा यो चुनावको मितितिथि घोषणा अलि भएन कि जस्तो लाग्छ । मंसिरको खेतीपातिको चापाचाप छ । मंसिरमास अन्नबाली उठाउने बेला, धान काट्ने, कोदो टिप्ने बेला, अरु–अरु चिज गर्ने बेला भएकाले सर्वसाधरण जनता राजनीतिक गतिविधिमा, कुनै पनि पार्टीको राजनीतिक गतिविधिमा त्यति धेरै उतसाहजन सहभागी भएको पाईँदैन ।
हामीले घरलैदो गर्दा खेतबारी पुग्नु पर्ने अवस्था छ । यसले राजनीतिक सहभागिता जनाउँदैन । राजनीतिक छलफल, बहस गर्नको लागि यो समय उपयुक्त लागिरहेको छैन । जनता चुनावमा भोट हाल्न आउने कुरा होला, तर राजनीतिक छलफल बहसमा जनता सहभागी हुने म चाहिँ देख्दिन । अर्को चाहिँ हामी जित्न माओवादीभन्दा अनुकूल पोजिसनमा छौँ । जित्ने कुरामा धेरै समस्या हुन्छ जस्तो लाग्दैन ।
प्रचार अभियानमा गाउँबस्ती डुल्दा आफ्नो पक्षमा चुनावी माहोल कस्तो पाउनु भयो ?
अब हामीले चाहिँ पार्टीको आन्तरिक ममालामा आन्तरिक छलफल, पार्टीको रिपोर्ट, सर्वसाधरणको रिपोर्ट लिइरहेका छौँ । जनतामा एकदमै राम्रो रेसपोन्स छ । मैले धेरै चुनाव लडेँ । बिगतमा यस्तो राम्रो रेसपोन्स कहिले पनि फिल गरेको छैन । मान्छेहरु सहज ढंगले भोट दिन तयार छन्, यस्तो माहोल खडा गर्न धेरै मेहनत गर्नुपर्छ । अहिले चाहिँ त्यस्तो छैन । मान्छेहरु सहज ढंगले मत दिन तयार छन् ।
माओवादीप्रतिको आकर्षण निकै कम छ । हामी जतिको सार्वजनिक र राजनीतिक जीवन भएको मान्छे उहाँ (गठबन्धनका उम्मेदवार माधव सापकोटातर्फ संकेत गर्दैै) अलि हैन, उहाँ अलि युवा नै हो । चिनाजाना आदिको हिसाबले हामीलाई अनुकूल छ । अर्को कुरा, जनताको विकास निर्माण, जनताका अधिकारमा, जनताको लडाइमा हामी धेरै जोडिएको छौँ । उहाँहरुले धेरै छापामार शैलीमा जीवन जिउँनु भो होला, हामी शान्तिपूर्ण र जनपरिचालनसहितको राजनीतिक गतिविधिमा धेरै जोडिएको मान्छे भयौँ । त्यसैले जनतमत जुटाउन हामीलाई समस्या छैन ।
अहिले नेपाली कांग्रेसको स्थानीय तहमामा धेरै मत छ । उहाँहरुको उम्मेदवार नभएपछि कांग्रेसको धेरै भोट तरल बन्दै गयो । गठबन्धनको बीचमा पनि धेरै संकट बढ्दै गए । उहाँहरुको बीचमा पनि झै–झगडा बढ्दो छ । एक–अर्काप्रति अन्धविश्वास छ । तिक्तता बढ्दो छ । यी सबै कुराले पनि हाम्रो अनुकूल स्थिति पैदा भएको छ । परिचित र अनुभव बोकेको रुपमा हामीलाई स्वीकारिएको छ ।
मतदाताको मन र मत जित्न कस्ता एजेन्डा अघि सार्नु भएको छ ?
हाम्रो घोषणापत्र सार्जजनिक भएकै छ । हाम्रो जिल्लाको प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्दैछौँ । खास गरेर जनताले धेरै कुरा पूर्वाधारसँग जोडेका छन् । सडक स्त्तरोन्तिका कुरा, त्यो हाम्रो एजेन्डा छ । खास गरेर कच्ची र मौसमी सडकहरु सुधार हुनु पर्यो भन्ने कुराहरु छन् । धेरै ठाउँबाट त्यो माग आएको हुनाले पूर्वाधारसहितको, ग्रामीण क्षेत्रको, कृषि, रोजगारी, आयआर्जन, शिक्षा, स्वास्थ्य र गुणस्तको कुरा त्यतिकै महत्वपूर्ण बनेको छ । राष्ट्रिताका प्रश्नहरु पनि उठेका छन् ।
हाम्रो पार्टीले चुनावमा समानुपातिक, समावेशी ढंगको उम्मेदवारहरु खडा गरेको छ । अरु पार्टीमा यस्तो पाईँदैन । हाम्रा उम्मेदवार युवा, अनुभवी, पाका छन् । महिला समानुपातिका उभ्याएका छौँ । त्यसैगरी तामाङहरुको बाहुल्यता भएको सिन्धुपाल्चोकमा तीन जना उम्मेदवार हुनुहुन्छ । खसआर्य समुदायको प्रतिनिधित्व छ । यसरी हेदै खेरी चाहिँ एउटा सिन्धुपाल्चोकको बिशिष्टतालाई प्रतिनिधित्व गर्ने हाम्रो प्रतिनिधित्व छ । विशेषतालाई बोकको प्रतिनिधित्व भएको हुनाले जनतामा, सबै जात, भाषाभाषी, सम्पूर्ण समुदायको भावनाको प्रतिनिधित्व गर्ने पार्टीको रुपमा म्यासेज गएको छ । यसलाई पनि हामीले चुनावी मुद्धा बनाएका छौँ ।
अर्को भनेको आर्थिक एजेन्डा हो । हामीसँग प्राकृतिक सम्पदा, यत्रा नदिनाला, यत्रा हाइड्रोपावर, जडिबुटी, बनसम्पादा छन् । हामीसँग हिमाल छन् । पर्यटनको अनगिन्ती सम्भावनाहरु छन् । आयआर्जनको समेत महसुस क्षेत्रहरुको खोजी गर्ने परिकल्पना छ । तर हामीसँग जो स्रोत साधन छ, त्यो जनताको हितमा प्रयोग हुन सकेन । निजी क्षेत्रको बर्चश्व रहेकाले बाहिरको मान्छे आउने, हाइड्रोमा लगानी गर्ने आम्दानी बाहिरै लैजाने, तर त्यहाँका वरिपरिका जनता जस्ताको त्यस्तै हुने । यो हाम्रो प्रणालीगत त्रुटी भयो ।
जस्तै मेलम्चीको ७४ करोड लिटर पानी बाहिर जान्छ । त्यस्को रोयल्टीमा मान्छेले हक राख्दैनन् । हाइड्रोमा त्यस्तै छ, वनमा नि’ त्यस्तै छ । यी सबै कुरा भएको हुनाले सिन्धुपाल्चोकमा जति पनि स्रोत छन् ती स्रोतहरुमा जनताको अधिकारसहित व्यवस्था भएको कानुन, विधिी स्थापित गर्नु पर्यो भन्ने पनि हाम्रा मुद्धाहरु छन् ।
गाउँलाई नयाँ बनाउने र समाजलाई बिकृति र गरिबी, अभाव विमन्नताबाट उन्मुक्त गर्ने, मुलुकको आर्थिक सामाजिक, समृद्धिमा मूलप्राथमिकतासहित अघि बढ्ने भन्ने हाम्रो एजेन्डा हो ।
यहाँले यो चुनाव आफूलाई अनुकूल छ भन्नु भयो । तर स्थानीय तह निर्वाचनको मत हेर्दा यहाँले चुनाव जित्नु ‘फलामको च्युरा चपाउनु’ सरह देखिन्छ नि ?
मैले त्यसरी बुझेक छैन । स्थानीय चुनावमा पनि कांग्रेस–माओवादीको गठबन्धन कार्यान्वयनमा आएन । हिजो नभएपछि अब गठबन्धन कार्यान्वयन हुनेमा विश्वास छैन । हामी के बुझ्छौँ भने माओवादीको भोट १८–१९ हजार हो स्थानीय तहमा । त्यो पनि अमानसिंहरु (आमानसिं तामाङ) ले छोडेपछि, बुद्धराज बस्नेत लगायतले छोडेपछि, भोटेकोसीमा माओवादीको सिंगो टिम एमालेमा प्रवेश गरेपछि त्यो १८–१९ हजार भोट पनि अब उहाँहरुसँग छैन ।
एमालेको २८ हजार हाराहारी मत हो स्थानीय तहमा । यो क्षेत्रमा कांग्रेसको ३४ हजार मत हो । ३४ हजार भोट नै तरल भयो । अब माओवादीलाई चुनाव जित्न २०–२२ हजार अन्य पार्टीको लिनु पर्छ । त्योे गठबन्धन भनेको पार्टी होइन । यो हिजो एमालेले गरेका जस्तो तालमेल पनि होइन । हिजो चुनाव जितेपछि पार्टी एउटै बन्ने भन्ने कुरा थियो । चुनाव जितेपछि अब झगडा पर्छ । यो नेता–नेताबीचको गठबन्धन हो । आधारभूत बर्गलाई, समुदायलाई यसको के मतलव छ र ? अब माओवादीलाइै चुनाव जित्न २०–२२ हजार मत बाहिरबाट ल्याउनु पर्ने जरुरी छ । एमालेलाई १०–१२ हजार मत ल्याए हुन्छ । यो कोणबाट एमालेलाई चुनाव जित्न जति सहज छ, माओवादीलाई छैन ।
चुनावी बजारमा माओवादीलाई कांग्रेसले भोट दिँदैन, यो चुनावमा माओवादीको कारण आफ्नो क्षेत्र छोड्नु परेपछि मोहनबहादुर बस्नेत चढिएका छन्, त्यही भएर २०४८ देखि नै राजनीतिक सम्वन्धका कारण बस्नेत र तपाईँबीच भित्री साँठगाठ बनेको चर्चा छ । तपाईँको जोडले त्यो चर्चा र आशंकालाई थप बल पु¥यायो नि’ हैन ?
मलाइ त्यस्तो लाग्दैैन । बस्नेतजी मभन्दा दुई कक्षाले अगािडको विद्यार्थी हो । उहाँसँग चिनजान हाइस्कुल, ब्याचलर लेभलमा बनेको थियो । पछि गएर उहाँ कांग्रसको जिल्लाको नेता हुन भयो । हामीले एमालेको राजनीति ग¥यौँ । हामीबीचमा धेरै मुठभेड र तिक्तताहरु पनि भए । अहिले चाहिँ सरेश नेपालेको, नेकपा एमालेको मायाले अर्को पार्टीले हामीलाई सहयोग गर्छ भन्ने लाग्दैन मलाई । त्यो चाहिँ यहाँको राजनीतिक परिस्थितिले निर्भर गर्छ ।
हिजो अरुण नेपालको पक्षमा राम्रो जनमत थियो । उहाँको भोट पनि राम्रो थियो । उहाँको टिकट त अग्नि सापकोटाले खोस्नु भो नि ! अग्नि सापकोटाको पार्टी त सानो न थियो, एमाले त ठूलो थियो । ठूलो पार्टीको टिकट चाहिँ सानो पार्टीले खोस्ने गठबन्धनको नाउँमा जो परम्परा बस्यो, अहिले पनि मोहनजीको पार्टी ठूलो थियो, अग्निजी र सुबोधजीको पार्टी सानो थियो । तर गठबन्धनको नाउँमा ठूलो पार्टीको टिकट खोसेर सानो पार्टीले लिने, त्यो कसरी लोकतन्त्र हुन्छ, कसरी गणतन्त्रको अनुभूति दिन्छ त्यसले ? अल्पमतले बहुमतको ठूलो संख्याको अवसरलाई खोस्न मिल्छ ?
यसको बिरुद्ध कांग्रेसभित्र ठूलो आक्रोश भयो । त्यो आक्रोशले मप्रति, हाम्रो पार्टीप्रति साहानुभूति बढ्यो होला, त्योभन्दा बाहेक कुनै पनि सम्बन्ध छैन । यो राजनीति विषय भएकाले पछिसम्म पनि पुष्टि हुँदै जान्छन् ।एमाले र कांग्रेस प्रतिस्पर्धी शक्ति हुन् । त्यसैले यसलाई जोड्नु पर्दैन ।
तपाईको प्रतिक्रिया दिनुहोस