यसकारण जित्दैछन् ‘सुबोध’

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का १ लाख ३० हजार ७०९ मतदाताले कसलाई पठाउनेछन् प्रतिनिधिसभामा ? विद्यार्थी आन्दोलनदेखि आजपर्यन्त अग्रगमनकारी आन्दोलनमा निरन्तर क्रियाशील युवालाई कि पछिल्लो कालमा प्रतिगमनकारी कदमको समर्थन गर्ने वृद्धलाई ? केन्द्रमा पुगेर नयाँ सोच र शैलीका साथ नीति निर्माणमा हस्तक्षेप गर्न सक्ने ‘एक्सन ओरियन्टेड’ जुझारुलाई कि प्रदेश तहमै खासै कुनै उपस्थिति जनाउन नसकेको थकितलाई ? केन्द्रमा जोडदार पहल गर्न सक्ने संभावना बोकेको जाँगरिलोलाई कि प्रतिगमनकारी खलनायकका सामुन्ने नतमस्तक हुने कमजोरलाई ?
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ । २०७४ सालको चुनावमा दुई हेभिवेटको प्रतिष्पर्धीका कारण यो क्षेत्र खुबै चर्चामा थियो । यसपटक टिकट निर्धारण हुनु अघिसम्म पनि यो क्षेत्रको चर्चा चुलीमा थियो, खासगरी गठबन्धनबाट को उमेदवार होला भन्ने जिज्ञासाले । २०७९ मा ती दुवै हेभिवेट फरक फरक कारणले यो क्षेत्रमा आमनेसामने नभएका कारण पनि केही समय यो क्षेत्र चर्चामा आयो ।
चुनावी अभियानको तीव्रता र मतदान गर्ने दिन नजिकिंदै जाँदा यो क्षेत्रको चर्चा अलग विशेषताका साथ बढ्दो छ र त्यो चर्चाले राष्ट्रिय स्तरका संचारमाध्यमको ‘स्पेस’ ओगट्न थालेको छ । मनोनयनका दिन तीन युवाको पोशाकसहितको प्रस्तुतिले सिन्धुपाल्चोकको ध्यान खिचेकै थियो । विस्तारै गठबन्धनको समझदारी र संयुक्त अभियानले यो क्षेत्रमा धेरैको चासो बढ्दो छ । उत्त्तरी छिमेकी राष्ट्र जोड्ने दुई प्रमुख नाकामध्ये एउटा भएकोले मात्र यो क्षेत्रले केन्द्रको ध्यान खिचेको होइन, केन्द्रीय राजनीतिमा सिन्धुपाल्चोकले बिस्तारै हस्तक्षेप बढाउँदै लगेकोले पनि हो ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट उमेरले ४० टेकेका युवा माधव सापकोटा उमेदवार छन् जो आफ्नो उपनाम ‘सुबोध’ले झन परिचित छन् सिन्धुबासीमाझ । उनीसँग प्रतिष्पर्धा गरिरहेका छन् ६० वर्ष कटिसकेका र पटक पटक परीक्षित सरेश नेपाल । यस क्षेत्रको प्रतिनिधिसभाको निर्वाचन यी दुई उमेद्बारबीच नै केन्द्रित छ ।
त्यसो भए, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का १ लाख ३० हजार ७०९ मतदाताले कसलाई पठाउनेछन् प्रतिनिधिसभामा ? विद्यार्थी आन्दोलनदेखि आजपर्यन्त अग्रगमनकारी आन्दोलनमा निरन्तर क्रियाशील युवालाई कि पछिल्लो कालमा प्रतिगमनकारी कदमको समर्थन गर्ने वृद्धलाई ? केन्द्रमा पुगेर नयाँ सोच र शैलीका साथ नीति निर्माणमा हस्तक्षेप गर्न सक्ने ‘एक्सन ओरियन्टेड’ जुझारुलाई कि प्रदेश तहमै खासै कुनै उपस्थिति जनाउन नसकेको थकितलाई ? केन्द्रमा जोडदार पहल गर्न सक्ने संभावना बोकेको जाँगरिलोलाई कि प्रतिगमनकारी खलनायकका सामुन्ने नतमस्तक हुने कमजोरलाई ?
सुबोधलाई परिवारिक रुपमा भरपुर साथ र सहयोग मात्र छैन सिंगो परिवार एकगठ भएर चुनावी अभियानमा क्रियाशील छ । सुबोधका राजनीतिक अभिभावक तथा सभामुख अग्रि सापकोटा, जो नाताले काका पनि हुनुहुन्छ, ले नै युवाहरुलाई अगाडि बढाउन नीति ल्याउनु भयो, त्याग गर्नुभयो । परिवारको अन्य सम्पूर्ण सदस्यहरुको साथ लिएर सुबोध चुनावी लडाईंमा होमिएका हुन् । जतिसुकै भ्रम पार्न खोजे पनि पारिवारिक एकता सुबोधको यो लडाईं जित्ने मनोबलको एउटा मुख्य आधार हो । सुबोधका गाउँ कुविण्डेलाई अभूतपूर्व राजनीतिक एकता भएको नमूना गाउँ भन्दा फरक पर्दैन ।
यी प्रश्नको उत्तर तलका तथ्यहरुबाट तपाईं आफैं पत्ता लगाउन सक्नु हुनेछ ।
देशैभरि राजनीति तथा नीति निर्माणका तहमा युवाहरुको निर्णायक उपस्थितिको जबरजस्त माहोल बनेको छ । यो आम निर्वाचनको एउटा मुख्य विशेषता नै युवाहरुको पक्षमा आएको लहर हो । आधाभन्दा ज्यादा मतदाता ४० वर्ष मुनिका छन्, तिनीहरुमध्ये अत्यधिकले निश्चय पनि युवालाई नै रोज्नेछन् जसले आफ्ना आकांक्षाहरु आफूजस्तै युवाले नै बुझ्छन् भन्ने ठान्छन् । ४० वर्ष टेक्दै गरेको ‘एक्सन ओरियन्टेड’ सुबोधलाई यो ‘प्लस पोइन्ट’ हो ।
सुबोधका लागि गठबन्धनका साझा उमेदवार भई जिल्लामा क्रियाशील चारवटा पार्टीको जोडदार समर्थन अर्को मुख्य आधार हो जुन गठबन्धन संविधानको रक्षा तथा समृद्धिको नारामा बनेको छ । २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरी प्रतिगमनतिर लैजाने संविधानविरोधी हर्कत हुँदा सिन्धुपाल्चोकका जनताले गरेको प्रतिरोध चानचुने थिएन । त्यसकारण सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का मतदाताले प्रतिगमनकारी कदमको समर्थन गर्ने संविधानविरोधीलाई अनुमोदन गर्लान् भनेर कसरी विश्वास गर्ने ?
सुबोधका प्रतिष्पर्धी उमेदवार तथा पार्टीले गठबन्धनभित्रका पार्टीहरुबीच एकरुप समझदारी छैन भन्ने भ्रम दिन पनि नखोजेका होइनन् । खासगरी नेपाली कांगेसका केन्दीय नेता मोहन बस्नेत २ नम्बर क्षेत्रबाट उमेदवार भएको कुरालाई आधार बनाउन खोजेका छन् । तर, ४० औं वर्षको राजनीतिबाट खारिएका परिपक्व नेता बस्नेतले गठबन्धनको आवश्यकतालाई राम्ररी बुझ्ननुभएको । नेता बस्नेतले १ नम्बर क्षेत्रको विजयको सुनिश्चिततालाई पनि आफ्नो जिम्मेवारी झै भएको र त्यसमा डटेर लाग्न पार्टी पंक्तिलाई सार्वजनिक कार्यक्रममार्फत् अपिल नै गरिसक्नुभएको छ । गठबन्धनभित्र कुनै छिद्र भेटिन्छ कि भनेर सुबोधका विपक्षीले आशा गरेका छन् तर उनीहरुलाई निराशा मात्र हात लाग्ने निश्चित छ।
विद्यार्थी आन्दोलनबाट राजनीतिक अभियान सुरु गरेका सुबोधलाई युद्धदेखि शान्ति, प्रशासनिकदेखि विकास निर्माणसम्मका अनुभव छ । उनले जनयुद्धमा जिल्ला इञ्चार्ज, कमाण्डर, कमिसार सबैखालका भूमिका निर्वाह गरे । पार्टीको नीति निर्माण तह पोलिट्ब्युरोका सदस्य सुबोधमा केन्द्रीय हस्तक्षेप गर्ने ल्याकत छ । स्थानीय विकास मन्त्रीका सल्लाहकार भएर काम गरेको अनुभव छ । २०६४ यताका तीनवटा आमनिर्वाचन र दुईवटा स्थानीय तहका निर्वाचनको विभिन्न भूमिकामा रहेर कमाण्ड गरेको अनुभवको बलमा यो निर्वाचनमा अघि बढिरहेका छन् । स्नातकोत्तरसम्म औपचारिक अध्ययन गरेका सुबोधमा राष्ट्रिय-अन्तराष्ट्रिय राजनीतिलाई बुझ्ने र विश्लेषण गर्नसक्ने विशेष क्षमता पनि छ ।
सुबोधका प्रतिष्पर्धी उमेदवार तथा पार्टी व्यक्तिगत विषयलाई राजनीतिसँग घालमेल गरेर प्रचार गर्न खप्पिस छ । कहिले परिवारिक मेल नभएको हल्ला गरिन्छ कहिले पार्टीभित्र अन्तरविरोधको हौवा पिटिन्छ । वास्तविकता यो हो कि, सुबोधलाई परिवारिक रुपमा भरपुर साथ र सहयोग मात्र छैन सिंगो परिवार एकगठ भएर चुनावी अभियानमा क्रियाशील छ । सुबोधका राजनीतिक अभिभावक तथा सभामुख अग्रि सापकोटा, जो नाताले काका पनि हुनुहुन्छ, ले नै युवाहरुलाई अगाडि बढाउन नीति ल्याउनु भयो, त्याग गर्नुभयो । परिवारको अन्य सम्पूर्ण सदस्यहरुको साथ लिएर सुबोध चुनावी लडाईंमा होमिएका हुन् । जतिसुकै भ्रम पार्न खोजे पनि पारिवारिक एकता सुबोधको यो लडाईं जित्ने मनोबलको एउटा मुख्य आधार हो । सुबोधका गाउँ कुविण्डेलाई अभूतपूर्व राजनीतिक एकता भएको नमूना गाउँ भन्दा फरक पर्दैन ।
बरु, एमालेबाट टिकटका स्वाभाविक दाबेदार, जो २०७७ पुस ५ को प्रतिगमनपछि कैयौं महिना त्यसको विरोधमा हुनुहुन्थ्यो, सीमान्तमा धकेलिएका कारण एमालेभित्र उत्पन्न अन्तरविरोध प्रष्ट देखिन्छ । ‘१० भाइ’ लाई पेल्ने नीति अनुसार टिकटका हकदारलाई जसरी पन्छाइयो, त्यसको परिणाम मंसिर ४ पछि आइहाल्छ ।
सुबोधका प्रतिष्पर्धी उमेदवार तथा पार्टीले गठबन्धनभित्रका पार्टीहरुबीच एकरुप समझदारी छैन भन्ने भ्रम दिन पनि नखोजेका होइनन् । खासगरी नेपाली कांगेसका केन्दीय नेता मोहन बस्नेत २ नम्बर क्षेत्रबाट उमेदवार भएको कुरालाई आधार बनाउन खोजेका छन् । तर, ४० औं वर्षको राजनीतिबाट खारिएका परिपक्व नेता बस्नेतले गठबन्धनको आवश्यकतालाई राम्ररी बुझ्ननुभएको । नेता बस्नेतले १ नम्बर क्षेत्रको विजयको सुनिश्चिततालाई पनि आफ्नो जिम्मेवारी झै भएको र त्यसमा डटेर लाग्न पार्टी पंक्तिलाई सार्वजनिक कार्यक्रममार्फत् अपिल नै गरिसक्नुभएको छ । गठबन्धनभित्र कुनै छिद्र भेटिन्छ कि भनेर सुबोधका विपक्षीले आशा गरेका छन् तर उनीहरुलाई निराशा मात्र हात लाग्ने निश्चित छ।
पटक पटक परीक्षण भएर असफल भएको बुढा कायाले अब काम गर्न सक्दैन भन्नेमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का मतदाता प्रष्ट छन् । युवा भनिरहँदा उमेरमात्र भनेर बुझ्नु गलत हुनजान्छ । वास्तवमा राजनीति मूल कुरा हो । प्रतिगमनको समर्थन गर्ने व्यक्ति उमेरले युवा भए पनि राजनीतिक चेतले बुढो नै हे । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने, संविधान च्यात्ने र भूराजनीतिक भूमरी निम्त्याउने नेतालाई वास्तवमा प्रतिनिधिसभाकै लागि भोट माग्ने नैतिक अधिकार नै छैन । विकासका नाममा उखान टुक्का हालेर गफ जोत्ने र जनताको समय बर्बाद पार्ने गफाडीलाई आदर्श मान्नेलाई विकासप्रेमी सिन्धुबासीले किन पत्याउने ? प्रतिगमनका खलनायकका सबै अपराधका सामुन्ने मूकदर्शक बन्नेलाई सिन्धुपाल्चोकका जनताले विजयी बनाउँछन् भनेर कसैले सोचेको छ त्यसले या त सिन्धुपाल्चोकका जनतालाई चिनेको छैन वा जानजान अपमान गरिरहेको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का मतदाताले २०७९ को आम निर्वाचनमा अग्रगमनकारी, संविधानको रक्षा गर्दै सम्बृद्धितिर लैजाने, काम गर्ने अर्थात् ‘एक्सन ओरियन्टेड’ र प्रष्ट भिजन भएको युवा सुबोधलाई प्रतिनिधिसभाको ढोका देखाउनेछन् । यसमा दुविधा लिनु पर्ने कारण नै छैन ।
क्याटेगोरी : विचार/अन्तरवार्ता
तपाईको प्रतिक्रिया दिनुहोस