आईतबार, फागुन ४, २०८१
गृहपृष्ठराजनीतिसापकोटा र बस्नेत एक्ला-एक्लै छलफलमा बस्नुको अर्थ

सापकोटा र बस्नेत एक्ला-एक्लै छलफलमा बस्नुको अर्थ


सिन्धुपाल्चोकको क्षेत्र नं १ मा ३० हजार र क्षेत्र नं २ मा १४ हजार मतले अघि रहेको वाम लोकतान्त्रिक गठबन्धनलाई अझ बलियो बनाउन सापकोटा र बस्नेत दुबैले खेल्ने भूमिका र हुने योगदानको भने मंसिर ४ को चुनावी परिणाम पछि थप बहस हुने छ ।

सिन्धुपाल्चोकको राजनीतिमा फरक–फरक पार्टीबाट फरक–फरक विशेषतासहित राजनीतिमा सक्रिय अग्निप्रसाद सापकोटा र मोहनबहादुर बस्नेत । सैद्धान्तिक र स्वभावजन्य हिसाबले दुबैको मिल्ति देख्न मुस्किल जस्तै हो ।

जिल्लामा तीन वटा निर्वाचन क्षेत्र हुँदा दुई नेताबीच टक्कर परे पनि भोट सहितको टक्कर थिएन । तर संघीयता कार्यान्वयनका क्रममा निर्वाचन क्षेत्र साँघुरीएर दुईवटामा झरेपछि भने सापकोटा र बस्नेत आमने सामने भए । सिधा सिधा टक्कर पर्यो ।

२०७० को आम निर्वाचन पछि दुबैजना संसदमा थिए । तर २०७४ सालको निर्वाचनमा भने सापकोटा वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा र बस्नेत कांग्रेस उम्मेदवारका रुपमा मैदानमा उत्रिए । २०७४ को निर्वाचनमा एक अर्का विरुद्ध कडा टिप्प्णी सहित सशक्त प्रतिस्पर्धा भयो ।

दुई चरणमा निर्वाचन भएकोले २०७४ मंसिर १० मा सम्पन्न सिन्धुको निर्वाचनको मत गणना मंसिर २१ पछि मात्रै सुरु भयो । सापकोटाले ठूलो मतान्तरले जित निकाल्दा अन्तिम सम्म बस्नेत मत गणनामा बसे ।

पार्टीमा बलियो पकड राख्ने दुबै नेता पहिले नै मन्त्री भइसकेका थिए । २०७६ माघ १२ गते सापकोटा सभामुख पदमा सर्वसम्मत निर्वाचित भएर जिल्लाबाट संवैधानिक पदमा पुग्ने पहिलो नेता बने । बस्नेतले जिल्लाको राजनीतिमा आफूलाई बलियो बनाउँदै लगे।

२०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सत्ताधारी दलहरुबीच साझा गठबन्धन गरेर जाने सहमती सिन्धुपाल्चोकमा कार्यान्वयन हुन सकेन। बस्नेतले माओवादीले धेरै माग गरेको प्रतिक्रिया दिए । मत परिणामले कांग्रेसलाई पहिलो र माओवादीलाई दोस्रो बनायो । बस्नेत थप हौसिए ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर ४ गतेको मिति घोषणा गर्यो । सरकारमा सहभागी दलहरु गठबन्धन गरेर चुनावमा जान राजी भए । सिट बाँटफाँडका लागि समिति बन्यो । बस्नेतले टिकटका लागि बलियो लबि गरे । सापकोटा भने सभामुखमा कायम रहेकोले उनको उम्मेदवारी बारे कुरा बाहिर आएको थिएन ।

२०७९ असोज २२ गते सिंहदरबारस्थित कार्यकक्षमा लिखित विज्ञप्ती सहित पत्रकार सम्मेलन गरेका सापकोटाले आगामी मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेर १५ बर्ष देखिको संसदको निरन्तर यात्रालाई क्रमभंग गर्ने उद्घोष गरे । धेरैलाई आश्चर्य बनाएको उनको यो निर्णयपछि नेकपा माओवादी केन्द्रले पोलिटब्युरो सदस्य माधव सापकोटा सुबोधलाई उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गर्यो ।
यति भइसक्दा पनि दुई क्षेत्र मध्ये कुन क्षेत्र कुन पार्टीलाई भन्ने विषयको आधिकारीकता बाहिर आएको थिएन । यद्यपी जितको आधारमा सिन्धुपाल्चोक १ माओवादीले पाउने खबरहरु भने सार्वजनिक भएका थिए । बस्नेतको स्वभावका कारण सिन्धुबासी र सिन्धुको राजनीतिमा चासो राख्नेले पत्याइ सकेका थिएनन् ।

गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता छि संयुक्त सम्बोधन गरेनन् । जिल्लामा र केन्द्र सम्मै अब बस्नेतले के गर्छन भन्ने खुल्दुली कायम थियो । एमाले निकटका नेता, कार्यकर्ता र एमाले निकट पत्रकारहरुलेसमेत सिन्धुपाल्चोकको राजनीतिमा भुईँचालो जाने भविश्यबाणी सहितका स्टाटस लेखिरहँदा बस्नेतले भने सार्वजनिक कार्यक्रममा गठबन्धनबारे स्पष्ट धारणा राखे । उनले कार्यक्रममा भोट हालिदिने र हालिमाग्ने दुबै हो भनिसक्दा पनि बस्नेतबारे अनेक अड्कलबाजी भएका थिए ।

२०७९ असोज २२ गते साँझ पार्टी अध्यक्षबाट सिन्धुपाल्चोक क्षेत्र नं १ को प्रतिनिधि सभा तर्फको टिकट लिएका माधव सापकोटा सुबोध सोहि दिन अबेला क्षेत्र नं १ को प्रदेश सभा २ बाट टिकट पाएका सहयोद्धा सरल सहयात्री पौडेल र क्षेत्र नं २ को १ बाट टिकट पाएका युवराज दुलाल सरदसँगै रातो सर्ट किन्न निस्केका थिए । असोज २३ गते ४० बर्ष उमेरका तीनै जना रातो सर्ट र खैरो पाइन्ट लगाएर उम्मेदवारी दाखिला गर्न काठमाडौंबाट चौतारा हिड्दै गर्दा बस्नेत भने आफ्ना नजिकका नेताहरुसहित पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

जिल्लाका गठबन्धन दलहरुले मनोनयन दाखिलाको तयारी गर्दै गर्दा कांग्रेस उम्मेदवार को को हुन भन्ने आधिकारीक खबर बाहिर आएको थिएन । डेंगुले विरामी परेका बस्नेत दिन ढल्कनै लाग्दा चौतारामा पुगे । चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको क्षेत्र नं २ तर्फको उम्मेदवारी दाखिला गर्ने निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता लगत्तै उनले सञ्चाकर्मीमाझ सहज र स्वाभाविक प्रतिक्रिया दिए ।

गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता छि संयुक्त सम्बोधन गरेनन् । जिल्लामा र केन्द्र सम्मै अब बस्नेतले के गर्छन भन्ने खुल्दुली कायम थियो । एमाले निकटका नेता, कार्यकर्ता र एमाले निकट पत्रकारहरुलेसमेत सिन्धुपाल्चोकको राजनीतिमा भुईँचालो जाने भविश्यबाणी सहितका स्टाटस लेखिरहँदा बस्नेतले भने सार्वजनिक कार्यक्रममा गठबन्धनबारे स्पष्ट धारणा राखे । उनले कार्यक्रममा भोट हालिदिने र हालिमाग्ने दुबै हो भनिसक्दा पनि बस्नेतबारे अनेक अड्कलबाजी भएका थिए ।

उम्मेदवारी दाखिला गरेको १३ दिन पछिको दृश्यले बल्ल जिल्लाका गठबन्धन आवद्ध दलहरुमा खुसी सञ्चारीत गर्यो । समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्यले त्यस दिन गरेको भाषण निकै चर्चामा रह्यो । उनले क्षेत्र नं १ मा हाम्रो चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडा, क्षेत्र नं २ मा रुख हो भनेका थिए ।

कार्तिक ४ गते चौतारा साँगाचोकगढी नगरपालिकाले चाडपर्वको अवसर पारेर गठबन्धन दलहरुको अगुवा कार्यकर्ता भेला, चियापान र शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो । बस्नेत प्रमुख अतिथि र सुबोध विशेष अतिथि भएर एकै ब्यानरमुनी देखिए । उम्मेदवारी दाखिला गरेको १३ दिन पछिको दृश्यले बल्ल जिल्लाका गठबन्धन आवद्ध दलहरुमा खुसी सञ्चारीत गर्यो । समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्यले त्यस दिन गरेको भाषण निकै चर्चामा रह्यो । उनले क्षेत्र नं १ मा हाम्रो चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडा, क्षेत्र नं २ मा रुख हो भनेका थिए ।

गठबन्धन दलहरुले संयुक्त बैठक र कार्यक्रमहरु गरिसक्दा समेत एमालेबाट उम्मेदवार रहेका सरेस नेपालले केन्द्रको निर्देशन मान्नुपर्ने बाध्यताले भएका कार्यक्रम भनेर प्रतिक्रिया दिए । रेडियो सिन्धुका लागि आइतबार विहान दिपक खत्रीसँगको चुनावी बहस कार्यक्रममा नेपालले गठबन्धनको बन्धन कसिले नहुने दावी गरेका थिए ।

२०७९ कार्तिक ७ गते विहान भने सिन्धुपाल्चोकको राजनीतिमा फरक दृश्य देखियो । सिन्धुपाल्चोकमा राजनीति गरेका दुइ हस्ती अग्निप्रसाद सापकोटा र मोहनबहादुर बस्नेतबीच काठमाडौंमा वान टु वान छलफल भएको तस्बिर सार्वजिनक भयो । केहीबेर पछि उम्मेदवारसहित जिल्लाका नेताहरुलाई दुबैजनाले सम्बोधन गरेको फोटो सार्वजनिक भयो । दुबैले गठबन्धनलाई मजबुत बनाउन आफूहरुले सक्रियता अझ बढाउने प्रतिवद्धता व्यक्त गरे । सापकोटाले निकटस्थहरुसँग बस्नेतसँगको वान टु वान छलफल निकै सकारात्मक भएको प्रतिक्रिया दिए ।

बागमती प्रदेशस्तरीय कार्यक्रमलाई लोकतान्त्रिक वाम गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा गृहमा सम्बोधन गर्नु अघि सापकोटा र बस्नेतले सिन्धुपाल्चोकको गठबन्धनलाई अझ कसिलो बनाउ गरेको प्रयास राष्ट्रिय चर्चाको विषय बन्न पुग्यो । राजनीतिमा कोहि स्थायी मित्र र कोहि स्थायी सत्रु हुन्न भन्ने भनाइलाई दुबै अग्रज नेताको भेटघाट र सक्रियताले पुष्टि गर्यो ।

सिन्धुपाल्चोकको क्षेत्र नं १ मा ३० हजार र क्षेत्र नं २ मा १४ हजार मतले अघि रहेको वाम लोकतान्त्रिक गठबन्धनलाई अझ बलियो बनाउन सापकोटा र बस्नेत दुबैले खेल्ने भूमिका र हुने योगदानको भने मंसिर ४ को चुनावी परिणाम पछि थप बहस हुने छ ।


क्याटेगोरी : राजनीति, विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!