मंगलबार, माघ १७, २०७९
गृहपृष्ठराजनीतिटिप्पणी : गठबन्धन, अविश्वास र बलियो एमाले

टिप्पणी : गठबन्धन, अविश्वास र बलियो एमाले


क्षेत्र नंं १ मा माओवादीका सापकोटालाई बस्नेत र कांग्रेसको विश्वास आर्जन गर्ने एक मात्र चुनौती छ । तर क्षेत्र नं. २ मा पुगेका बस्नेतलाई दुई चुनौती छन् । पहिलो माओवादीको मन जित्नु, दोस्रो दशतिर फर्किएका अनगिन्ती कांग्रेसी नेतालाई एकै ठाउँमा ल्याउनु । दुबै नेताले यति गरेर मात्र चुनाव जितिन्न, दुबै क्षेत्रमा बलियो प्रतिपक्षी एमालेसँग भिड्नु नै छ ।

सिन्धुपाल्चोकमा दलहरुले चुनावी अभियान अघि बढाएका छन् । आन्तरिक भेला, रणनीतिक कार्यक्रम, अगुवा कार्यकर्ता भेटघाटको माध्यमले उनीहरुले चुनावी सारगर्मी बिस्तारै तताउँदै लगेका छन् ।

उम्मेदवारी दर्ताको झण्डै सातासम्म शान्त चुनावी राजनीतिको गर्मी अब क्रमशः तात्ने क्रममा छ । सत्ता गठबन्धन कांग्रेस–माओवादी, प्रमुख प्रतिपक्षी एमाले, राप्रपा, माले, राष्ट्रिय स्वतन्त्र पार्टीसम्म चुनावी माहौल तयार गर्न तल्लीन छन् ।

चुनावी माहौल बनाउने क्रममा एमाले अरु दलभन्दा केही अगाडि देखिएको छ । एक्लै चुनावी मैदानमा होमिएको एमालेलाई दसतिर फर्केको सत्तागठबन्धनमा जस्तो बीसौँलाई ठाउँमा ल्याउनु पर्ने आवश्यकता छैन । त्यसैले ऊ उम्मेदवारी मनोनयनदेखि नै एक्लै खुसुखुसु गाउँ छिरेर आफ्नो पक्षमा जनमत सिर्जना गर्न अग्रसर छ ।

एमाले उम्मेदवारहरु सरेश नेपाल (क्षेत्र नंं १), शेरबहादुर तामाङ (क्षेत्र नंं २), प्रदेश उम्मेदवारहरु क्रमशः युद्धविक्रम लामा, होमनारायण श्रेष्ठ, अमानसिं तामाङ र हस्त पण्डितले चुनावी अभियान थालेकै साता बितिसकेको छ ।

काठमाडौँ–सिन्धुपाल्चोक सम्पर्क समितिका केही कार्यक्रम भ्याउँदै सत्ता गठबन्धन कांग्रेस–माओवादी पनि शुक्रबारबाट जिल्लामा छिरेका छन् । सबै उम्मेदवार एउटै ब्यानरमूनि भेला भएर गठबन्धनले सदरमुकाम चौताराबाट एकताको सन्देश जिल्लैभर छर्न एउटा प्रयास गरेको छ । भलै त्यो कार्यक्रम एकताको सन्देश दिन अपेक्षित सफल नभएको अड्कलबाजीले जिल्लाको राजनीति अझै तरंगित भएको छ ।

क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेत यो चुनावको ‘मियो’ देखिए । त्यसो त पार्टी पोर्टफोलियोमा उनीभन्दा ‘बरिष्ठ’ एमालेका स्थायी समिति सदस्य शेरबहादुर तामाङ मात्रै हुन् । यो पटक बस्नेत र तामाङ पहिलो पटक चुनावमा एकै क्षेत्रबाट आमने–सामने छन् । त्यसो त कांग्रेसमा केन्द्रीय सदस्य पद कम्युनिष्ट पार्टीको स्थायी समितिभन्दा कमजोर नहुने भन्ने भाश्य छँदैछ ।

बस्नेतलाई अझै माओवादीप्रति त्यति बलियो विश्वास छैन । जहाँ स्थानीय चुनावमा सुनकोसी गाउँपालिकामा केन्द्रीय नीति बिपरित माओवादी–एमाले गठबन्धन बनेको थियो । अनि जिसस गठनमा पनि माओवादी एमालेतिरै लहसिएको थियो ।गठबन्धनको माओवादीले यथाशक्य यी दुई घटनालाई लिएर बस्नेतसँग ‘एक्सक्यूज’ गर्न सके, उतिछिटो खास गरी क्षेत्र नं. १ को मामलामा बस्नेत स्वयम्ले चुनावी माहौल खडा गरिदिने धेरैको विश्वास छ ।

गठबन्धनको एकै ब्यानरमूनि भएको कार्यक्रमपछि पनि गृहनिर्वाचन क्षेत्र नंं १ छोड्नुको तोड बस्नेतले तत्कालै भुल्ने सम्भावना देखिएन । आफ्नो धारणाको क्रममा क्षेत्र नं. १ (ख) का माओवादी उम्मेदवार सरल सहयात्री र क्षेत्र नं. २ (क) का माओवादीकै उम्मेदवार युवराज दुलाललाई ‘रातो कार्पेट बिच्छ्याउँदा’ बस्नेतले माओवादीका माधव सापकोटालाई कुनै सामान्य आदर दिन चाहेनन् ।

सापकोटा क्षेत्र नं. १ मा गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार बनेका छन् । यतिसम्मकी झण्डै चार घण्टाको त्यो कार्यक्रममा कुम जोडेर बसेका बस्नेत–सापकोटाबीच गठबन्धनको कुनै गुञ्जायस नै देखिएन । सापकोटाले बस्नेत हेरिरहे, बस्नेतले सापकोटा देखेको नदेखे झैँ गरे । यो दृश्यले खासगरी गठबन्धन कांग्रेस–माओवादीका कार्यकर्ता निराश देखिन्थे ।

काठमाडौँको सम्पर्क मञ्चदेखि चौतारासम्मको कार्यक्रममाका उपस्थित कार्यकर्ताको मनोदशाले भने गठबन्धनलाई लाहामोहोर लगाएको देखिन्थ्यो ।

मंसिर ४ आउन चार साताभन्दा कम समय छ । भर्खरै सुरु भएको सत्ता गठबन्धनको चुनावी अभियानको हालैको भागभंगीलाई लिएर अनुमान गर्ने, विश्लेषण गर्ने समय भइसकेको छैन । तर दिनको संकेत बिहानी गर्छ भने झैँ गठबन्धन सफल हुने सन्देश दिन र त्योअनुसार कार्यकर्ताको मन जित्न गठबन्धन आंशिकभन्दा बढी अघि बढ्न सकेको छैन । दुई बिपरित दिशाका कार्यकर्ता पंक्ति एउटै ठाउँमा उभ्याउन कसरत नगर्ने हो भने सत्ता गठबन्धन हावाले भरिएको बेलुन मात्र हुन सक्छ । छिस्स खोप्दा, प्याट्ट फुट्ने ।

उसो त कांग्रेसका बस्नेतले चौताराको कार्यक्रममा पार्टीले गठबन्धनमा सिन्धुपाल्चोकमा धोका नदिएको पार्टीको नजिर प्रस्तुत गरेका थिए । कांग्रेसका तत्कालीन सुप्रिमो गिरिजाप्रसाद कोइरालाको एउटा भनाई अझै पनि चर्चामा आइरहन्छ, ‘म जे बोल्छु, त्यही गर्छु ।’ त्यस्तै स्वभावका हठी नेता हुन् बस्नेत । उनले चौताराको कार्यक्रमममा पनि माओवादी उम्मेदवारलाई साक्षी राखेर प्रष्ट बोलिदिएका छन्, ‘कसैले कहीँ तलमाथि गर्न खोज्यौँ भने सबै सिध्दिन्छौँ ।’

यति प्रष्ट बोलेका बस्नेत गठबन्धनप्रति इमान छैनन् कि भनेर शंका गर्नुको कुनै तुक छैन । उनको भनाइको आशयमा बस्नेतलाई अझै माओवादीप्रति त्यति बलियो विश्वास छैन । जहाँ स्थानीय चुनावमा सुनकोसी गाउँपालिकामा केन्द्रीय नीति बिपरित माओवादी–एमाले गठबन्धन बनेको थियो । अनि जिसस गठनमा पनि माओवादी एमालेतिरै लहसिएको थियो ।

उनले चौताराको कार्यक्रमममा पनि माओवादी उम्मेदवारलाई साक्षी राखेर प्रष्ट बोलिदिएका छन्, ‘कसैले कहीँ तलमाथि गर्न खोज्यौँ भने सबै सिध्दिन्छौँ ।’ यति प्रष्ट बोलेका बस्नेत गठबन्धनप्रति इमान छैनन् कि भनेर शंका गर्नुको कुनै तुक छैन । उनको भनाइको आशयमा बस्नेतलाई अझै माओवादीप्रति त्यति बलियो विश्वास छैन । जहाँ स्थानीय चुनावमा सुनकोसी गाउँपालिकामा केन्द्रीय नीति बिपरित माओवादी–एमाले गठबन्धन बनेको थियो । अनि जिसस गठनमा पनि माओवादी एमालेतिरै लहसिएको थियो ।

गठबन्धनको माओवादीले यथाशक्य यी दुई घटनालाई लिएर बस्नेतसँग ‘एक्सक्यूज’ गर्न सके, उतिछिटो खास गरी क्षेत्र नं. १ को मामलामा बस्नेत स्वयम्ले चुनावी माहौल खडा गरिदिने धेरैको विश्वास छ । बिगतको अविश्वास दूर गर्न एउटा पक्ष खासगरी माओवादीले अग्रसरता नलिने र अर्को पक्षले पनि ‘मानभाउको अडान’ नछोडेर टसकोमस नहुने हो भने सिन्धुपाल्चोकमा गठबन्धन हात्ती आयो…. फुस्सा हुने बेर छैन ।

त्यसो त अर्को तथ्य भनेको क्षेत्र नंं १ मा माओवादीका सापकोटालाई बस्नेत र कांग्रेसको विश्वास आर्जन गर्ने एक मात्र चुनौती छ । तर क्षेत्र नं. २ मा पुगेका बस्नेतलाई दुई चुनौती छन् । पहिलो माओवादीको मन जित्नु, दोस्रो दशतिर फर्किएका अनगिन्ती कांग्रेसी नेतालाई एकै ठाउँमा ल्याउनु । दुबै नेताले यति गरेर मात्र चुनाव जितिन्न, दुबै क्षेत्रमा बलियो प्रतिपक्षी एमालेसँग भिड्नु नै छ ।

स्थानीय चुनावको अंकगणित परिणाम जसको पक्षमा देखिए पनि सत्ता गठबन्धनको लागि एमाले फलामे च्यूरा हो । गतिशील पंक्ती, चलायमान संगठन, इमान, लगन भएका बेस्वार्थी कार्यकर्ता, उनीहरुको जुझारुपन एमालेले सांगठनिक रुपमा हालसम्म कमाइ गरेर जस्ताको त्यस्तै बचाइ राखेको सम्पत्ति हो । वर्षअघिको ‘ओली कु’ एमालेको यो सम्पत्तिको अगाडि फिक्का नै सावित हुने छ । यो पटक गठबन्धनलाई नै जिताउने र भविश्यको मुकाबिला यही गठबन्धनको जो कोही वा अरुसँग हुन सक्ने राजनीतिक सम्भावनालाई स्वीकार्दै अहिलेलाई चाहिँ एक हुनुको बिकल्प छैन ।


क्याटेगोरी : राजनीति, विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!