सोमबार, फागुन १४, २०८०
गृहपृष्ठराजनीतिसिन्धुमा तात्यो चुनावी सरगर्मी

सिन्धुमा तात्यो चुनावी सरगर्मी


सिन्धु २ को सन्दर्भमा यो पटक कांग्रेसले ‘खाता’ मात्र खोल्न सक्यो र क्षेत्र नम्बर २ का नेता जातीय तथा क्षेत्रीय रंगबाटमाथि उठ्न सके भने भोलिका निम्ति स्वयम् उनीहरुकै लागि राजनीति सुरक्षित हुने देखिन्छ । अन्यथा, बिनोद मोक्तान, भूपेन्द्रबहादुर थापा र मोहनबहादुर बस्नेत क्षेत्र नम्बर २ मा आए भनेर टाउको ठोक्नुको अर्थ छैन । १ बाट क्षेत्र नम्बर २ मा चुनाव लड्नका निम्ति नेता आएको भनेकै २ नम्बर क्षेत्रभित्रका नेता कार्यकर्ता एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै हो ।

देशैभर चुनावी सरगर्मी तातेसँगै सिन्धुपाल्चोक पनि त्यसबाट अछुतो छैन । चुनावी सरगर्मीले सिन्धुपाल्चोकलाई पनि छपक्कै छोप्न पुगेको छ । सभामुख अग्निप्रसाद सापकोटा तथा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीचको रस्साकस्सी कै कारण सिन्धुको चुनावी माहौल उम्मेदवारी दर्ता पूर्वदेखि नै तात्दै आएको हो । सभामुख सापकोटाले चुनावी मैदान छाडे लगत्तै सिन्धु क्षेत्र नम्बर १ मा मोहनबहादुर बस्नेतको चर्चा चुलिएको थियो । तर, बस्नेतलाई पार्टीले सिन्धु २ मा पठायो भने १ बाट माओवादी नेता माधव सापकोटा चुनावी मैदानमा छन् ।

बस्नेतले क्षेत्र नम्बर १ मा टिकट नपाएकोमा त्यहाँका नेता, कार्यकर्तामा व्यापक असन्तुष्टि देखिएको थियो भने क्षेत्र नम्बर २ मा १ नम्बरबाट बस्नेत आएकोमा असन्तुष्टि देखिएको थियो । अहिले दुवै क्षेत्रमा असन्तुष्टि मथ्थर भइसकेकाे छ ।  गठबन्धनकाे निर्णयको आधारमा नेपाली कांग्रेसले क्षेत्र नम्बर १ छाड्नै पर्ने बाध्यता भएकाले पनि बस्नेतलाई पार्टीले जबर्जस्त रुपमा क्षेत्र नम्बर २ पठाएको बुझ्न कठिन छैन् । उता बस्नेतको २ नम्बरमा भएको उमेदवारीले कांग्रेसले २ मा पनि प्रथम पटक संघीय निर्वाचनमा ‘खाता खोल्न’ सक्षम हुने बुझाई विश्लेषकहरुको छ ।

बैशाकी टेकेर होस् वा हेलिकप्टरमार्फत हेलम्बु–मेलम्ची बाढीग्रस्त क्षेत्रदेखि कोभिडको समय ६ सय भन्दाबढी स्वास्थ्य क्षेत्रका कर्मचारीलाई कोभिड न्यूनीकरण गर्नको निम्ति उनीहरुको बिमासमेत उनै बस्नेतले गराएका थिए । २०५८ सालमा मेलम्ची अस्पताल निर्माणका निम्ति योगदान पु¥याएका बस्नेतले हालैमात्र पनि चुनावी सभालाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सिंचाई, सडक, मेलम्ची आयोजनाको लाभांश मेलम्ची प्रभावितले पनि पाउनु पर्ने जस्ता विषय स्पष्ट रुपमा कार्यकर्तामार्फत जनतामाँझ राखिसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य बस्नेत सिन्धुको राजनीतिमा ‘जेट बिमान’का रुपमा अथ्र्याइँदा अत्यूक्ति नहोला ।

सन्दर्भ व्यक्तिका रुपमा मोहनबहादुर बस्नेतको हार र जीतको हुँदै होइन । पार्टी राजनीतिका सन्दर्भमा बैचारिक हिसावले बस्नेतबाट ‘लखेटिने’ पात्रमध्ये एक ‘म’ पनि हुँ । आजका मितिमा नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धन एकातिर र विपक्षी नेता केपी शर्मा ओलीले नेतृत्व गरेको गठबन्धन अर्कातिर ‘आमने–सामने’ राजनीतिक लडाईमा छन् । यो बेला पार्टी राजनीतिमा आन्तरिक रुपमा मलाई कसले के गर्यो त्यो गौण कुरा हो । मुलकुरा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ र २ मात्र नभई गठबन्धनले देशैभर चुनाव नजित्ने हो भने भोली कांग्रेसको नेतृत्वमा सरकार निर्माण नहुन सक्छ । बस्नेत स्वयम् २ नम्बरमा आएभन्दै असहयोग गरेर हराइने हो भने त्यही एक सिटले भोली कांग्रेस नेतृत्वमा सरकार निर्माण नहुन सक्छ भने अर्कातिर नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले भनेझैँ केपी ओलीकै नेतृत्वमा सरकार निर्माण हुन पुग्दा लोकतन्त्र, सुशासन तथा बिधि र पद्धतिसँगै संविधानमा समेत प्रश्न चिन्ह उठ्ने दिन टाढा नहुनसक्छ ।

मुलकुरा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ र २ मात्र नभई गठबन्धनले देशैभर चुनाव नजित्ने हो भने भोली कांग्रेसको नेतृत्वमा सरकार निर्माण नहुन सक्छ । बस्नेत स्वयम् २ नम्बरमा आएभन्दै असहयोग गरेर हराइने हो भने त्यही एक सिटले भोली कांग्रेस नेतृत्वमा सरकार निर्माण नहुन सक्छ । समग्रमा सिन्धुको विकासका निम्ति अहोरात्र खट्ने नेतालाई जुन कुनै कार्यकर्ता ‘अन्तर्घात’ रुपी ‘पर्खाल’ बनेर उभिन खोज्छ भने उसको राजनीतिक अवसान पनि अवश्यभावी छ ।

गठबन्धनका तर्फबाट सिन्धु १ मा संघका प्रत्यासी युवा नेता माधव सापकोटा छन भने २ मा मोहन बहादुर बस्नेत । प्रदेशको सन्दर्भ जोड्नु पर्दा १ को प्रदेश (क)मा कांग्रेसका तर्फबाट समाजसेवी महिला मसिना खड्का भण्डारी र (ख)मा माओवादीका तर्फबाट अर्का  युवा नेता सरल सहयात्री चुनावी मैदानमा छन् । क्षेत्र नम्बर २ को प्रदेश (क)मा माओवादी केन्द्रका तर्फबाट युवा नेता युवराज दुलाल छन् भने (ख)मा नेपाली कांग्रेसका तर्फबाट युवा उमेदवार कृष्णकुमार तामाङ चुनावी प्रतिश्पर्धामा छन् । गठबन्धनका हिसाबले यी उमेदवारहरुलाई चुनाव जित्नका निम्ति सहज हुने अनुमान विश्लेषकहरुको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकालीन समयमा बिधि र पद्धतिको उपहास मात्र नभई संविधानकै भावनामा समेत कुल्चने काम एकातिर भयो भने अर्कातिर ‘यती र ओम्नी’ नामक कम्पनीका माध्यमबाट मुलुकको राजश्व भ्रष्टाचारका नाममा समाप्त गर्ने काम भयो । सोही कारण पनि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन निर्माण हुन पुगेको हो ।

गठबन्धनको आयुका बारे पूर्वअनुमान लगाउन कठिन छ । तर, बामपन्थीको क्रियाकलापलाई रोकेर विकास तथा पार्टीका कार्यकर्ताको संरक्षणका निम्ति भोली कांग्रेस गठबन्धन बाहिर पुगेर एक्लै पर्दा पनि कतिपय कमिकमजोरीका बाबजुद कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत बामपन्थीलाई राजनीतिक रुपमा ‘साइज’मा ल्याउन लगभग एक्लै काफी हुनेछन् । जिल्लाको विकास, कार्यकर्ताको संरक्षण र विपक्षीप्रतिको ‘कटाक्ष’ बस्नेतको पहिचान नै हो । बस्नेतको राजनीतिक स्वभावकाप्रति यो हरफकार सहमत-असहमत आफ्नो ठाउँमा छ । तर, समग्र सिन्धुपाल्चोकका सन्दर्भमा बस्नेतको आवश्यकता अन्य नेताको तुलनामा धेरै छ ।

१ बाट क्षेत्र नम्बर २ मा चुनाव लड्नका निम्ति नेता आएको भनेकै २ नम्बर क्षेत्रभित्रका नेता कार्यकर्ता एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै हो ।बस्नेतको राजनीतिक स्वभावकाप्रति यो हरफकार सहमत-असहमत आफ्नो ठाउँमा छ । तर, समग्र सिन्धुपाल्चोकका सन्दर्भमा बस्नेतको आवश्यकता अन्य नेताको तुलनामा धेरै छ ।

मोहनबहादुर बस्नेत, भोला बोहरा, कान्छा लामालगायत कांग्रेसको राजनीतिमा जिल्लामा रहेका उपल्लो तहका नेताबाहेक बाँकी राजनीतिक रुपमा देखिएका पात्रहरु कोहीमा जातीय त कोहीमा क्षेत्रीय गन्ध प्रष्ट पाइन्छ । यसैले पनि उनीहरुलाई जनता तथा पार्टी कार्यकर्ताले मात्र नभई कांग्रेस नेतृत्वले समेत पत्याउन सकेन । तसर्थ बस्नेत, बोहरा, लामाबाहेकले आफूलाई समग्र जात, धर्म, वर्ण, लिंग, सबैको नेताको रुपमा उभ्याउन नसक्दासम्म उनीहरुको राजनीतिक अबशान त अवश्यभावी छ नै, संस्कारलाई यथावत राख्ने नै हो भने उनीहरुले ‘बोइङ’को टिकट काट्नुको बिकल्प पनि देखिँदैन । यो भयो सिन्धु कांग्रेस भित्रको आन्तरिक राजनीतिको कुरा ।

समग्रमा सिन्धुको विकासका निम्ति अहोरात्र खट्ने नेतालाई जुन कुनै कार्यकर्ता ‘अन्तर्घात’ रुपी ‘पर्खाल’ बनेर उभिन खोज्छ भने उसको राजनीतिक अवसान पनि अवश्यभावी छ । कांग्रेस पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गर्ने छुट जो कोहीलाई पनि छ । तर, पार्टीभित्रै रहेर पार्टी समाप्त पार्ने अन्तर्घातरुपी खेल खेल्ने छुट भने कसैलाई पनि हुन्न ।

दोस्रो कुरा सिन्धु २ को सन्दर्भ उठाउनु पर्दा यो पटक कांग्रेसले ‘खाता’ मात्र खोल्न सक्यो र क्षेत्र नम्बर २ का नेता जातीय तथा क्षेत्रीय रंगबाट माथि उठ्न सके भने भोलिका निम्ति स्वयम् उनीहरुकै लागि राजनीति सुरक्षित हुने देखिन्छ । अन्यथा, बिनोद मोक्तान, भूपेन्द्रबहादुर थापा र मोहनबहादुर बस्नेत क्षेत्र नम्बर २ मा आए भनेर टाउको ठोक्नुको अर्थ छैन । १ बाट क्षेत्र नम्बर २ मा चुनाव लड्नका निम्ति नेता आएको भनेकै २ नम्बर क्षेत्रभित्रका नेता कार्यकर्ता एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै हो ।

बिगतका उमेदवारहरुको तुलना तथा यो पटक गठबन्धन पनि भएकाले सिन्धु २ सँगै गठबन्धनका उमेदवारहरुलाई विजयका निम्ति धेरै सकस देखिन्न । गठबन्धन र मतका हिसाबले माथि रहेका शक्ति आफँैभित्रको अन्तर्घातरुपी पर्खालका कारण हार बेहोर्न पुगे भने आगामी दिन सिन्धु कांग्रेसका लागि सहज भने पक्कै हुने छैन ।


क्याटेगोरी : राजनीति, विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!