मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठविचार/अन्तरवार्ताकुनैबेला माओवादीका प्लाटुन कमाण्डर कांग्रेसबाट भोटेकोसी हाँक्दै, यस्ता छन् उनका योजनाहरू (अन्तर्वार्ता)

कुनैबेला माओवादीका प्लाटुन कमाण्डर कांग्रेसबाट भोटेकोसी हाँक्दै, यस्ता छन् उनका योजनाहरू (अन्तर्वार्ता)


भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा भर्खरै अध्यक्षमा निर्वाचित भएका छन । ५७ सालतिर माओवादी द्वन्द्वमा लागेका शेर्पा अहिले कांग्रेसबाट भोटेकोसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । जनमुक्ति सेनाको प्लाटुन कमाण्डर भएका उनले द्वन्द्वकालमा आफ्नो घर पनि गुमाएका थिए । आठ जना माओवादी नेताहरूलाई उनको घरबाट सेनाले पक्राउ गरेपछि उनको घर पनि सेनाले ध्वस्त बनाएको थियो ।

भोटेकोसी ६ तत्कालीन मामिर्ङ गाविसमा जन्मेका शेर्पाले माओवादी जनयुद्धमा लाग्दा आफ्ना र जनताका लागि धेरै सपना देखेका थिए । गरीब परिवारका उनलाई खान लाउन र परिवार पाल्नसमेत धौ धौ थियो । जनयुद्ध सफल भएसँगै सबै दुख कष्ट सकिने सपना देखेका उनी जब छाँगाबाट खसेजस्तै भए कि २०६४ सालमा माओवादीले एकल बहुमत ल्याउँदा पनि उनको घर बनेन । उनका सपनाहर पूरा भएनन् । जनतासँग गरेका वाचा अधुरै रहे । त्यसपछि उनी निराश भए । लामो समय बन्दुक बोकेर हिडेका र धेरै युद्ध गरेका शेर्पाका शरीरमा अहिले पनि गोली लागेका घाउहरु छन् ।

तर उनका सपनाहरुपनि गोली लागेका घाउ जस्तै अधुरै अपुरै रहे । घर बनाउन दौडधुप गर्दागर्दै उनी थाके । अनि उनी यो पार्टीले जनताको सेवा नगर्ने रहेछ भन्ने निष्कर्षमा पुगे । त्यसपछि २०६५ सालबाट उनी कांग्रेसमा प्रवेश गरे । अहिले उनी कांग्रेसका महासमिति सदस्य छन् । २०७० मा उनले गाउँ इकाइ समितिको सभापति भएर पनि कांग्रेसको संगठन चलाए । कुनै बेला उनी तरुण विभाग केन्द्रीय सदस्य पनि थिए । उनै शेर्पासँग सिन्धुखबरले गरेको कुराकानी ।

कसरी काम गर्नुहुन्छ ?
गाउँपालिकालाई व्यवस्थित गर्न अलिकति समय लाग्छ । भर्खरै निर्वाचित भएर आएको छु । यसमा चुनौती पनि छ अवसर पनि छ । तर म चुनोतीलाई अवसरमा बदलेर सुन्दर भोटेकासी निर्माणमा लाग्नेछु ।

पहिलो निर्णय के गर्नुभयो ?
पदवहाली हुनासाथ हामीले पहिलो निर्णय सरकारको नीति नियममा पनि छ । माध्यमिक शिक्षासम्म (१२ कक्षा) सम्म निशुल्क शिक्षा दिने । अहिले पनि हाम्रे गाउँपालिकामा यो कार्यान्वयनमा छैन् । पालिकाले पनि बजेट छुट्याउन नसकेको र केन्द्रकाट पनि कम बजेट विनियोजन भएका कारण त्यो कार्यानवयन हुन नसकेको हो । भोटेकोसी गाउँपालिकाका ५ वटा वडामध्ये एउटा वडाका १० जना आर्थिक अवस्था कमजोर, पिछडिएका र जेहेन्दार विद्यार्थीलई निशुल्क शिक्षा दिने निर्णग गरेका छौँ । त्यस्तै पञ्जीकरण (जन्म,मृत्यु र विवाह) निशुल्क गर्ने निर्णय गरेका छौँ ।

अबको एक महिना तपाइको प्राथमिकता के छ ?
प्राविधिक हिसाबले भोटेकोसी क्षतविक्षत भएको छ । प्रत्येक वर्ष निकै क्षति हुने गरेको छ त्यसैले पहिलो महिना विपत व्यवस्थापन गर्ने कुरामै मेरो ध्यान जानेछ किनकी वर्खा सुरु भइसकेको छ । हाम्रो गाउँपालिकाको धेरै बसोबा गाउँमा नै हुने गरेको छ । कुनै पनि ठाउँमा पक्की बाटो पुगेको छैन् । जसका कारण वर्षा सुरु हुनासाथ जेठ महिनादेखि यातायात बन्द हुने अवस्था छ । त्यसलाई निरन्तर गर्ने कसरी त्यसबारे छलफल गरिरहेको छु ।

विपद व्यवस्थापनको लागि के तयारी छ ?
केन्द्र र जिल्ला तहका विपद व्यवस्थापन र मौसम विज्ञ टोलीका सरकारी अधिकारीहरुसँग छलफल भएको छ । मौसम मापन कसरी गर्ने, अहिलेसम्म कसरी भएको छ र आगामी दिनमा कसरी जाने भनेर छलफल भएको छ । केन्द्रीय तहमा पनि सिन्धुपाल्चोकका हेलम्बु बाह्रबिसे र भोटेकोसी बढी बाढी पहिरोको जोखिमका ठाउँ रहेका छन् । त्यसैले विपद न्यूनीकरण गर्न चाहिने आवश्यक उपकरण तत्काल खरिद गरेर राख्नेछौँ । ती सामग्री वडा तहसम्म वितरण गरेर विपद आइहाले पनि स्थानीय स्तरबाटै व्यवस्थित गर्ने काम हुनेछ ।

विपदबारे थाहा पाउने साइरनहरू जडान गर्नुभएको छ ?
अहिलेसम्म छैन । अब हामीले ठूलो बाढी आउन सक्ने पूर्व जानकारी दिने उपकरणहरु राख्ने तयारीमा छौँ ।

स्थानीयलाई आर्थिक पाटोसँग कसरी जोड्नुहुन्छ ? स्थानीयलाई गाउँ छाड्न नदिन के गर्नुहुन्छ ?

भोटेकोसी पर्यटकीय क्षेत्रमा धेरै सम्भावना भएको ठाउँ हो । यसलाई हामीले सदुपयोग गर्न नसकेको अवस्था छ । यहाँ भैरवकुण्ड, लिस्तीमाई ,तातोपानी धारा, दुगुनागढीलगायत चर्चित पर्यटकीय ठाउँ छन् । त्यस ठाउँलाई पर्यटकीय हवको रपमा विकास गरेर तत्काल मानिसको अर्थोपार्जन हुने योजनाहरु बनाउँछौँ र कार्यान्वयन गर्छौँ । त्यस्तै हाइड्रोपावरहर ूधेरै छन् । त्यसले पनि यहाँका मानिसहरुलाई सुविधासम्पन्न बनाउन सक्थ्यो तर त्यो हुन सकेको छैन । यसअघि अव्यवस्थित ढंगबाट चलेको छ त्यसलाई व्यवस्थित बनाउन सुधार गर्छौ ।

भन्सारबाट मल आउने तर जिल्लाकाले मल नपाउने अवस्था छ मल दिलाउन के गर्नुहुन्छ ।
जिल्लाका कृषिका हाकिमलगायत सरोकारवालासँग मैेले छलफल गरेको छु । यसअघिका जनप्रतिनिधिलाई पालिकाभर १५० बोरा मल उपलब्ध गराउने सहमति भएको रहेको छ । चुनाव भएको अर्को दिन वैशाख ३१ मा दामाशाहीले ती मल एकलौटीले बाँडेको पाइयो । थोरै भएपनि प्रत्येक वडामा समानुपातिक बाड्ने हाम्रो योजना थियो तर हामी आउनुअघि नै बाडिसकेको पाइयो । मैले कृषिको हाकिमसँग कुरा रगेको छु तर आउने सम्भावना नयून छ । अरु उपायहरुबाट म मल उपलब्ध गराउने प्रयास गर्नेछु ।

भन्सार सुचारु गर्न दबाब दिन के गर्नुहुन्छ ?
पालिकास्तरले नभ्याउन सक्छ । यसलाई हामीले कुटनैतिक हिसाबले परारष्टर मन्त्रालयमा यस विषयमा ध्यानाकषर््ण गराउने योजना छ ।

गुणात्मक शिक्षाका लागि के गर्नुहुन्छ ?
पालिकाभरका २९ विद्यालयका प्रधानध्यापक बोलाएर बैठक गरेको छु । गुणस्तरीय शिक्षा नपाएको कुरा सही हो । यसको कारण पनि विद्यालयमा राजनीति घुस्नु हो । विद्यालय व्यवस्थापन समिति चयन गर्दा नै राजनीति व्यक्ति चयन हुने गर्छन् । त्यस्तै राजीनतिक पहुँच भएका शिक्षक विद्यालयमा नियुक्त हुने र दक्ष शिक्षक बाहिर हुने देखिएको छ । हामीले चाहि नयाँ ऐन बनाएर व्यवस्थापन समिति अध्यक्ष हुन आठ कक्षा पास हुनुपर्ने नियम बनाउने तयारी गरेका छौँ । शिक्षक राख्दा स्वच्छ प्रतिस्पर्धाबाट आउनु पर्ने राजनीतिक पहुँचको बाट हैन । हाम्रो मुख्य फोकस नै शिक्षा र स्वास्थ्य मा छ । हामी ६ महिनासम्ममा केही परिवर्तन ल्याउँछौँ ।


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!