आईतबार, असोज ३१, २०७८
गृहपृष्ठविचार/अन्तरवार्तासिरीअल किलर शोभराजः के ७५ प्रतिशत कैद सजाय माफी होला ?

सिरीअल किलर शोभराजः के ७५ प्रतिशत कैद सजाय माफी होला ?


असोज १८ । कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले सर्वोच्च अदालतमा हालेको कैद माफी सम्वन्धी रिट निवेदनमा सुनुवाइ गरेको छ । जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दामा न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइ गरेको हो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले मुद्दाको सुनुवाइ सकिएको जानकारी दिएका छन् । कारागारमार्फत मन्त्रिपरिषदविरुद्ध उनले निवेदन चढाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए ।

सर्वोच्च अदालतमा अन्तिम फैसला भएर थुनामा रहेको व्यक्तिले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गर्न मिल्दैन भनेर दरपीठ भएको थियो । त्यो दरपीठ उपर परेको निवदेनमा सुनुवाइ भएको हो, प्रवक्ता दाहालले भने ।

संसारका विभिन्न देशमा हत्याकाण्ड मच्चाएर ‘विकिनी किलर’ को रूपमा चिनिने शोभराज १८ वर्षदेखि नेपालमा कैद भुक्तान गरिरहेका छन् । नेपाली नागरिकको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्चले आजीवन कारावासको सजाय सुनाएको छ ।

अन्तर्वाता काण्ड पछिको निवेदन
चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोग पुष्टि भएपछि १८ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन् । शोभराजको जेलजीवन र उनका भावी योजनाबारे अन्तर्वार्तामा आधारित सामग्री गएको चैत १५ गते आइतवार दुई बेलायती पत्रिकामा छापिएको थियो ।

नेपाल प्रहरीबाट अवकाश प्राप्त डिआईजी हेमन्त मल्ल ठकुरीले कारागारमा ठूलो सुरक्षा कमजोरी देखिएको भन्दै त्यस्ता कमजोरी तत्काल समाधान नगरिए भविष्यमा दुर्घटना निम्तिन सक्ने चेतावनी नै दिएका थिए ।

तर गृह मन्त्रालयले कुनै पनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्ने कानुनी व्यवस्था नभएको भन्दै त्यसबारे अनुसन्धान भई रहेको जनाएको छ । कारागार व्यवस्थापन विभागले पनि यो बीचमा शोभराजको अन्तर्वार्ताका लागि केही विदेशी मिडियाले अनुमति मागेको भए पनि अनुमति नै नदिएको जनाएको छ ।

तर शोभराजको अन्तर्वार्ता नै छापिएपछि विभागले केन्द्रीय कारागारलाई तीव्र छानबिनका लागि निर्देशन दिएको थियो । केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाका अनुसार जेलभित्रबाट शोभराजको अन्तर्वार्ता कसरी सम्भव भयो भन्नेबारे छानबिन गरेर प्रतिवेदन नै गृहमन्त्रालयलाई दिईसकीएको छ ।

जसमा शोभराजले आफन्त तथा परिवारका सदस्यलाई एक हप्तामा बढीमा दुई पटक टेलिफोन सम्पर्क गर्न पाउने आधारभूत अधिकार दुरुपयोग गरेर परिवार, आफन्त वा साथीलाई फोन गरेर आफ्ना कुरा रेकर्ड गराएर मिडियासम्म पु¥याएको उल्लेख छ ।

कारागारमा फ्रान्सेली भाषा अनुवादक नभएकाले उनले फोनमा बोल्ने विषय बारे गोलघरका कर्मचारीहरु नै अनभिज्ञ रहने गरेका छन् । शोभराजले प्रत्येक हप्ता अधिकांश समय फ्रान्स, अमेरिका र बेलायतमा रहेको भनिएका आफन्तजन तथा परिवार र साथीहरूसँग टेलिफोनमा कुराकानी गर्ने गरेका छन् ।

शोभराजको आचरण कस्तो छ ?

केही वर्ष अघिसम्म जेल प्रशासन वा जेलभित्रको अनुशासनलाई नै चुनौती दिने र अन्य कैदीलाई गैरकानुनी काम गर्न उक्साउने कार्यमा संलग्न हुने गरेका शोभराजको आचरण अहिले फेरिएको छ ।

कैद अवधि छोटिँदै गर्दा शोभराजले जेल प्रशासनलाई अप्ठेरोमा पार्ने, अन्य कैदीलाई नचाहिँदो काम गर्न उक्साउने, जेलभित्रको अनुशासन भङ्ग गर्ने वा अस्वाभाविक माग राख्ने जस्ता कार्य गरेको रेकर्ड छैन ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार अहिले उनले कैद मिनाहाका लागि सर्वोच्चमा निवेदन हालेका हुन् ।

उनले यसअघी पनि नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै कैदमुक्तिको माग सहित पटकपटक निवेदन दिएका थिए ।

बिकिनी किलर र ’सिरीअल किलर’ जस्ता उपनामले पनि चिनिएका शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ ।


क्याटेगोरी : विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!