आईतबार, असोज ३१, २०७८
गृहपृष्ठविचार/अन्तरवार्तादेउवा सरकारको ६६ दिनः ४ जना मन्त्रीः अपजसको चाङ्

देउवा सरकारको ६६ दिनः ४ जना मन्त्रीः अपजसको चाङ्

पार्टी र गठबन्धन दुबैमा समस्या


काठमाडौ । फरक विचार र फरक कार्यदिशा बोकेका कम्युनिष्ट घटकहरुको समर्थनमा प्रधानमन्त्री बनेका शेर वहादुर देउवाको ६६ दिन लामो महत्वपूर्ण कार्यकाल विना उपलव्धी गुज्रेको छ ।
पार्टी सभापति समेत रहेका देउवाले पछिल्लो पटक सरकारको नेतृत्व सम्हाल्दा उत्साहित देखिएका नेपाली कांग्रेसका युवा नेता समेत यो बीचमा निराश बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कठिन समयमा पाएको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न नसकेको र यो बीचमा पार्टी राजनीतिमै ठूलो धक्का पुगेको टिप्पणी युवा नेता गगन थापाले सार्वजनीक रुप मै गरिसकेका छन् । यो ४ जना मन्त्रीका भरमा ६६ दिनदेखी सरकार चलाई रहेका देउवाको असफलताको गतिलो सूचक हो ।

पाँचौ पटक प्रधानमन्त्री बने कै दिन नेपाली कांग्रेसका दुई जना र माओवादी बाट दुई जना मन्त्री बनाएपछि देउवा नेतृत्वको सरकार ४ जना मन्त्री कै भरमा गुज्रिरहेको छ । विवादीत् पृष्ठभुमीका व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएर आलोचीत बनेयता सत्ता गठबन्धन भित्रै समस्या छ ।

सरकारको लोकप्रियता बढाउने भन्दा बढी दल विभाजन सम्वन्धी विवादीत् अध्यादेश जारी गर्ने, राजनीतिक नियुक्ति र पदस्थापन, विकास निमार्णका ठेक्का सम्झौता रद्ध, एमसीसी सम्झौता अनुमोदन प्रयत्नमा देउवा नेतृत्वको सरकारको यो समय गुज्रेको छ ।

राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी, पटक पटक असक्षम सावित भएका देउवाबाट राम्रो काम नभए पनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार भन्दा बद्नाम नहुने धेरैको अपेक्षा दुई महिना मै गलत सावित भएको बताउंछन् ।

देउवाले न सरकारमा न पार्टीमा कतै पनि उत्साहको सञ्चार गराउन नसकेको कांग्रेसका पुराना नेता तारानाथ रानाभाटको टिप्पणी छ । प्रधानमन्त्री भएको ६६ दिनसम्म सरकार विस्तार गर्न नसक्नु देउवाको मात्र नभएर नेपाली कांग्रेस कै क्षमतामाथि प्रश्न उठेको नेता रानाभाट बताउंछन् ।

पार्टीको महाधिवेशन समयमै नगरेर पार्टी भित्रै असक्षम र असफल सावित भएको व्यक्तिलाई कोरोना महामारी तथा संवैधानीक संकटको समयमा सरकारको नेतृत्व सुम्पनु नै गलत् रहेको विश्लेषक केसीको टिप्पणी छ ।

त्यसो त ६६ दिन सम्म सरकारले पूर्णता नपाउँदा विषयगत मन्त्रालयले गर्ने काम सबै अलपत्र परेका छन् । प्रधानमन्त्री देउवा आफैं १७ मन्त्रालयको भारी बोकेर बसेका छन् । अरु त अरु विभागीय मन्त्री नभएकै कारण संयुक्त राष्ट्रसंघको जारी महासभामा नेपालको सहभागीता समेत अनिश्चित् बनेको छ ।

देउवालाई मन्त्रिपरिषद विस्तारमा गठबन्धन दलले नै असहयोग गरेको र यसले अहिलेको गठबन्धनको भविश्य माथि समेत प्रश्न उठेको अर्का विश्लेषक डाक्टर राजेन्द्र चापागाईंले बताए । आफ्नै पार्टीका नेतालाई समेत मनाएर अघि बढ्न नसकेको अवस्थामा देउवाले गठबन्धन दललाई महत्वपूर्ण मन्त्रालय कसरी सुम्पन्छा् र प्रदेश प्रदेशमा सुरुभएको नयां सत्ता समिकरणमा देउवाले के के गुमाउंछन् त्यसैले अहिलेको सरकारको भविश्य निर्धारण गर्ने डाक्टर चापागाईंले सिन्धु खवरलाई बताए ।

सरकारले लामो समयसम्म कार्यदिशा र प्राथमीकता निर्धारण नगरे कै कारण बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा रोकीएको छ । देउवा कै पालामा पहिलो पटक नेपालको ईतिहासमा सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने अवस्था श्रृजना भएको छ । प्रधानमन्त्री संगै गठबन्धन दल सरकारको प्राथमीकतामा गम्भीर नबन्दा बजेटसहितका ११ अध्यादेश निस्क्रिय भएका छन् ।

मन्त्रालयको भागबन्डा, दल विभाजन सम्वन्धी अध्यादेशले तत्काल सत्ता गठबन्धनमा पार्न सक्ने असर र एमसीसी जस्ता सम्झौताका विषयमा नेपाली कांग्रेसको अस्पष्ट अडानका कारण मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित् छ ।


क्याटेगोरी : विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!