‘तातोपानी नाकाबारे सरकारबाट आश्वासनबाहेक केही पाएनौं ।’ (भिडियो)
होमबहादुर बस्नेत (राजकुमार)
अध्यक्ष, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभयो, के के गर्नुभयो यो अवधिमा ?
चैत २०७७ मा अधिवेशन भएको हो । टीम नै निविरोध भएको हो । हामी कसरी अगाडि बढ्ने भन्ने छलफल हुन नपाउँदै कोभिड महामारी सुरु भयो । त्यसले व्यापार व्यवसाय ठप्प्प हुन पुग्यो । तैपनि हामीले भर्चूअल मिटिङबाट कार्यक्रमहरु गर्ने सल्लाहअनुरुप कामहरु भइरहेको छ ।
कोभिडकै बेला स्थानीय तह, स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री वितरण गरेका छौं ।
बाढी पहिरोमा पनि हामीले पीडितसँग हातेमालो गरेका छौं । यसमा हिमालय सीमापार बाणिज्य संघसँग पनि सिन्धुपाल्चोक उद्योग बाणिज्यले हातेमालो गरिरहेको छ । जहा विपद त्यहाँ तत्काल हामी पुगेका छौं । हामीले जिल्ललामा मात्रै नभई जिल्ला बाहिर पनि राहत सामग्री लिएर पुगेका छौं ।
तातोपानी नाका सञ्चालन नभएकै कारण व्यवसायीहरु मारमा हुनुहुन्छ । नाका पूर्ण रुपले सञ्चालनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग छलफल पनि भइरहेको अवस्था छ ।
अब के गर्ने योजनामा हुनुहुन्छ ?
२०७२ को विनासकाशी भूकम्पअघि तातोपानी नाका राम्रो राजस्व संकलन हुने नाका हो । धेरै व्यवसायीहरु व्यापार गर्ने गर्दथे । संयौले रोजगारी पाएका थिए । भूकम्पपछि संरचनाहरु ध्वस्त भए । र, नाका बन्द हुन पुग्यो । जसकारण व्यवसायीहरु पलायनको अवस्था आयो ।
२०७५ जेठ १५ मा विधिवत रुपमा नाका पुनः सूचारु भएपनि त्यसपछि आइपरेका प्राकृतिक प्रकोपहरुले बाधा ल्याइरह्यो । बाढी पहिरोले समस्या तुल्यायो ।
हामी व्यवसायीहरुको संस्था भएकाले नाकालाई सहजीकरण गरेर, गाडीहरुको संख्या बढाउने योजनामा छौं । अहिले सामग्री नेपाल भित्रिन झण्डै ६० दिनसम्म लाग्ने गरेको छ । पर्याप्त कन्टेनरहरु भएमा त्यो अवधि छोटिएर २० दिनमा आइपुग्न सक्छ । व्यवसायीहरुलाई लागत मूल्यमा पनि कम लाग्ने गर्दछ ।
नाका पूर्ण रुपले सञ्चालन नहुनुमा खास समस्या के होला ?
हामीले सरकारलाई घच्घचाउने हो । जति पहल गरे पनि आश्वासन मात्रै आइरहेको छ । नेपार सरकारले आफ्ना नागरिकका लागि र राजस्व संकलनका लागि चीन सरकारसँग कुटनीतिक पहल गरि नाका पूर्ण रुपले खुलाउन सक्नुपर्छ । त्यो सरकारले नगरेर पनि नाका अव्यवस्थित भएको हो भन्ने मेरो ठम्माई हो ।
सरकारले जति चासो दिनु पर्ने थियो त्यति लिएको छैन । हामी संघ संस्थाको मात्रै पहल भइरहेको छ ।
तातोपानी नाका सूचारु गर्न संघ लागिपरेको छ, प्रधानमन्त्रीलाई ध्यानाकर्षण पनि गरियो, सरकारको बुझाई के रहेछ ?
हामीले ज्ञापन पत्र बुझायौ, यसअघि अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयलगायतलाई पनि ध्यानाकर्षण गरायौं, समग्रं तातोपानी नाकाका व्यवसायी पलायन भएका छन् । कतिपय ऋणमा डुबेका छन् ।
राजस्व संकलनमा महत्वपूर्ण हिस्सा ओगट्ने यो नाकाबारे सरकार गम्भीर हुनु जरुरी छ ।
सरकारलगायत सबै निकायले हामी प्रयास गर्छाै भन्ने मात्रै आश्वासन आएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक चीन । हाम्रो सरकारले अलिकति पहलकदमी लिएको भए नेपाललाई हेर्ने दृष्टि फरक हुन्थ्यो कि । मजबुत तवरले कुटनीतिक पहल गरेमा त्यहाँका व्यवसयाी, स्थानीय, मजदुरलगायत आफ्नो आफ्नो क्षमताले व्यापार गर्दै आइरहेकाहरुलाई केही मद्धत पुग्थ्यो । संस्थाले प्रयास गर्ने हो, कार्यान्वयन गर्ने भनेको सरकारले हो ।
सिन्धुपाल्चोकमा उत्पादनमुखी उद्योग सञ्चालन छैनन्, यसबारे के सोच्नुभएको छ ?
उत्पादनमुखी उद्योग सञ्चालनका लागि कच्चा पदार्थ आवश्यक पर्छ । यो नेपालमा सम्भव छैन, अन्य देशको भर पर्नुपर्छ । सडकबाट ल्याउँदा निकै नै महंगो पर्ने हुँदा यो अहिले उद्योग स्थापना नभएको हो ।
यस्ता उद्योग सञ्चालन हुन सिन्धुपाल्चोकमा राख्न कठिन देख्छु । यहाँ उत्पादन हुँदा खपत सिन्धुपाल्चोकमा मात्रै हुँदैन, यसको मुख्या बजार काठमाण्डौंलगायत अन्य ठूला सहर हुन् । त्यहाँसम्म पु¥याउनका लागि महंगो पर्छ । सामग्री महंगो हुँदा प्रतिष्पर्धात्मक हिमाबले अगाडि जान सकिदैन ।
सिन्धुपाल्चोक, काठमाण्डौं, काभ्रे, भक्तपुर, दोलखाका बजार हेर्ने हो भने केही सिमित काम भने गर्न पनि सकिन्छ । उत्पादनमुखी उद्योग सिन्धुपाल्चोकमा छैन, सबै नाकाबाट आयात निर्यात मात्रै गर्छन् भन्ने आरोप नभएको भने होइन । हामी प्रयासमा छौं । छलफलमा छौं । सिन्धुपाल्चोकमा पनि सम्भावना छ भनेर हामीले सन्देश प्रवाह गर्ने योजनामा भने छौं ।
क्याटेगोरी : अर्थ, विचार/अन्तरवार्ता
तपाईको प्रतिक्रिया दिनुहोस