Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठब्लग / विचारमेलम्ची : सम्हाली नसक्ने आसुको भेल बग्दैछ

मेलम्ची : सम्हाली नसक्ने आसुको भेल बग्दैछ


-सिलास रम्तेल   

प्रिय मेलम्ची

मेलम्ची तिमी कहिले जन्मियौं त्यो त थाह भएन । तथापी, धर्तीको अस्तित्व सुरु भएसँगै तिमी पनि जन्मिएको पक्कै हो । बर्षौंसम्म तिमिलाइ कसैले चिनेको थिएनन् । नत कसैसँग परिचित नै थियौ । न तिमिले कसैलाई केही दिन सकेको थियौ न कसैले तिमिलाई ।  समय बित्दै जादा केही कुरा तिमिले दिएको कारणले होला  कसैले तिमिलाइ ‘मेलम्ची’ नाम दियो । अर्थात् तिम्रो नामाकरण गरियो ।

तिम्रो नाम मेलम्ची भनेर चिनिन थालियो । भनिन्छ नाममा के छ र ? तर नाममा के चैं छैन र ! त्यो समय तिमी सानै थियौ। एकाध मानिहरुले मात्र तिमिलाइ जान्दथेँ । मानिसहरू तिमिलाइ भेटेर घर पुगेपछी लामो सास फेर्दै भन्थें, ‘उफ्फ् आज त म मेलम्ची पुगेर आए नि ! अनि, आँगनमा  टुसुक्क बसेर घण्टौंसम्म तिम्रा ती सुन्दरताको बयान गर्द्थे । तिम्रो सुन्दरताको रसस्वादन गर्न, तिमिलाइ भेट्न सबै जना हतारिन्थें । मानौं तिमिलाई भेटेपछी हर कोहिको प्यास मेटिन्छ, पिर शान्त हुन्छ, मन सम्हालिन्छ । समययको उतारचढावसँग तिमी गाउँबस्ती, सहर,  देश-बिदेश अनि  संसारभरीकै सबैको मन मुटुमा बस्दै आयौ ।

आज आएर तिमिलाइ नचिन्ने कोहि भएनन् । संसार तिमिलाई हेर्न /भेट्न आतुर हुन्थ्यो । जब मानिसहरु तनावयुक्त जिवनमा निरास हुन्थें, जिउनुको अर्थ नपाएर जीवन गुमाउन खोज्थें अनि तिम्रो ती सुन्दरतालाई हेरेर आफ्नो मन बुझाउने गर्दथे। मानिस-मानिसमा लडाइ झगडा हुँदा वा भाई-भाईबिच मनमुटाव हुँदा होस् या समाजमा कुनै द्वन्द्व हुँदा होस् तिमिलाई देखाएर भन्थेँ – हेर र त्यो दुई नदिहरुसमेत कति मिलेर बगेका छन् । कस्तो एकतामा प्रवाहित छन्  यी मेलम्ची र ईन्द्रावती नदिका दुई दोभानहरु । मानिसको  असल आनिबानी  र चालचलन देखेर भन्ने गरिन्थ्यो – तिम्रो मन मेलम्चिको पानी जस्तै सफा छ, निश्चल छ ।’ खराव व्यबहार देखेर, छ्ल कपड देखेर भनिन्थ्यों – मानिसको मन त मेलम्ची जस्तै सङ्लो पो हुनुपर्छ त ।

तिमी अबिरल बगिरहेको देखेर देशभरिका मानिस जम्माहुने अधिकांश नेपालीहरुको सपनाको शहर काठमाडौ लैजान देशको प्रायजसो राज्यसत्ता लागि पर्यो । साढे तीन दशक समय नेपालको सरकार तिम्रो वृत्तमा घुम्यो । तिमी काठमाडौ आउदैछौ भनेको सुनेर मात्र पनि मानिसहरुको अनुहारमा खुशी छाएको थियो । सबै मानिस हरु तिमिसङ्ग खेल्न मन पराउने गर्दथे सबैले आफ्नो प्यास मेटाउने रहर साँचेका थिए । तिमीलाई बर्षौदेखि कुरिरहेका मानिसहरुमाझ तिमिले आफ्नो अनुहार देखाएको केही समय मात्र भएको थियो । तिमीले नेपालका घरहरु, बाटोहरु, पुलहरु, ठुला ठुला सडकहरु र  ठुला-ठुला महलहरु निर्माणका लागि साथै सम्पुर्ण नेपाल निर्माणका लागि ढुङ्गा, गिटि, बालुवा, काठपात र अन्य आवश्यक कच्चा पदार्थ दिएर कहिले थाकेनौ  । जसको कारण नेपाल सुन्दर बन्दै गएको छ । मानिसहरुलाइ बचाउन विभिन्न  जडिबुटी दिने, खाध्यान्न दिने, जिवनको लागि जल दिने ।

जिल्लाकै कृषिजन्य छेत्रमा अगाडि, पर्यटकिय छेत्रमा अगाडि नाम कमाएकी सबैको मन मुटुमा रहन सफल भएको मेलम्ची । मानिसका सारा जिवनको कमाई र बाउ बाजेको सबै सम्पती बेचेर तिम्रो त्यो सुन्दर मेलम्ची  नामले छोएको कुनै भागको एक टुक्रा जमिन किनेर  लालपुर्जामा फोटो टास्न पाए मात्र पनि उसले संसार  जितेको जस्तो महशुस गर्दथ्यों । कतिपयले त बाउबाजेले जोडिदिएको भनेर कसैलाइ नदिई जोगाइ राखेर कतैबाट चोरी हुन खोज्दा आफुले सम्हालेर राख्न पाउनु पर्छ भनेर अदालत सम्म पुगेर मुद्दा मामिला गरेको पाईन्थ्यो । तिमिले धेरैलाइ सेवा सुविधा दिएर कतिको जीवन आकाशिएको थियो ।

तिम्रो समीप आएर कैयौंको जीवन सफल भएको थियो । कतिले  आफ्नो सफलता देखेर भुइमा नहेरी हिड्ने गरेका पनि थिए । कति व्यक्तिहरु आफ्नो दैनिक जीवन चलाउन सधै तिमिलाइ भेट्न आउथे । कतिको सपना पुरा हुँदै थिए, कतिले सपना देख्दै थिए भए कतिले सपनाको रेखा कोर्दै थिए । तर, तिमी यति निष्ठुरी हुन सक्छौ भनेर कसैले पनि मनमा सोचेकै थिएनन् नत मैले सोच्न सके । यदि सोचेको भए मानिसले तिमिलाइ आफ्नो मनमा बाँध बाधेर राख्थे । तर आज सम्हाली नसक्ने आसुको भेल बग्दैछ मेलम्ची अनि  अबिरल बग्दछ ईन्द्रावती ।

 मेलम्ची, स्थानीय पीडित


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!