Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठब्लग / विचार`म केपी ओली समूहमा लागेकाले अध्यक्ष क्षेत्रीले कार्यपालिका बैठकबाट निकाले`

`म केपी ओली समूहमा लागेकाले अध्यक्ष क्षेत्रीले कार्यपालिका बैठकबाट निकाले`


कार्गेल लामा ।

हामीबीच अरु कुनै व्यक्तिगत झगडा छैन् । पहिला संसद विघटन गर्दा म र अध्यक्ष ज्यू (केदार क्षेत्री) एउटै समूहमा थियौं ।

हामी आन्दोलनमा पनि सँगसँगैं हिडेका थियौं । पछि म एमालेको संस्थापन समूहसँग (केपी ओली) रहने भए । उहाँ माधव नेपाल समूहसँग । त्यो अध्यक्षज्यूलाई पटक्कै मन परेनछ ।  उहाँले मलाई कार्यपालिका बैठकमा माफी माग्न भन्नुभयो । के गल्तीमा, विषयमा भन्ने पनि थाहा थिएन् ।

उहाँले तीन वटा निर्णय मान्नुस भन्नुभयो । के के रहछ भन्दा त, एउटा माफी माग्ने, अर्को कार्यपालिका बैठकबाट बाहिर निस्कने र अर्को कुनै विषयमा निर्णय गर्ने भन्ने थियो ।

मैले कुनै गल्ती नै गरेको छैन् किन माफी माग्ने भने । उहाँले ठूलठूलो स्वर गर्नुभयो । हामी एउटै ठाउँका किन झगडा गर्नु भन्ने सोचे । अन्य कार्यपालिका सदस्यहरुले पनि झगडा नगर्न भन्नुभयो ।

कुरैकुरामा उहाँले प्रहरीलई फोन गर्नुभयो । एकैछिनमा प्रहरी आयो । उहाँले यसले कार्यपालिका बैठक गर्न दिएन तुरुन्त निकाल्नुस भन्नुभयो । त्यहाँ म मुखमुखै लाग्न पनि सक्थे । तर प्रहरीको अगाडि त्यहाँ सवालजवाफ गर्न मन लागेन । त्यसपछि म त्यहाँबाट निस्के ।

अन्य कार्यपालिका सदस्य तथा उपाध्यक्ष कमला कायस्थले समेत किन अधयक्ष ज्यू यस्तो गर्नुभएको भन्नुभएको थियो । तर उहाँले मान्नुभएन । यसको राजनीति म सक्छु भनेर उहाँ लाग्नु भएको भन्ने पनि सुने ।

सामाजिक सुरक्षा भत्ता वितरणमा म र मेरो छोरीले समस्या गरेको भन्ने स्टेटमेण्टपनि निकाल्नु भएछ । त्यो होइन् । मेरो छोरी एनआइसी एसिया बैंकको म्यानेजर हो तर यसको पैसा दे यसको नदे भन्ने मेरो कुनै अधिकार छैन् ।

मेरै वडाका बुबा आमाले सामाजिक सुरक्षा भत्ता पाउनु भएको थिएन । अर्को कुरा उक्त क्षेत्र नै सिल भएकाले हप्तामा एक दिन बाहेक बैक खुल्दैनथ्यो । अर्को गाउँपालिकाबाट गलत विवरणहरु बैकमा पठाउँदा बैकबाट भुक्तानी दिनसमेत समस्या भ्एको थियो । नागरिकता र पालिकाले पठाएको नामहरु नमिलेर समस्या भएको भन्ने बैकले बताएको थियो ।

सबै सरोकारवाला बसेर त्यो समस्या पनि समाधान भइसक्यो । म पार्टीको सस्थापन पक्षसँग नजिक भएकाले मात्रै म माथि अध्यक्ष ज्यू रिसाउनु भएको हो । राजनीतिक विचार एक ठाउँमा हुन्छ । त्यो मानिसको व्यक्तिगत कुरा हो ।

उहाँ जुन संविधान र कानुन अनुसार पालिका अध्यक्ष हुनु भो म पनि त्यही अनुसार नै वडाध्यक्ष भएको हुँ ।

(बलेफि गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले वडा नम्बर ७ का वडाध्यक्ष लामालाई कार्यपालिका बैठकबाट निकालेका थिए । सामाजिक सुरक्षा भत्ता नदिन बैकमा भनेको भएका कारण भनाभन भएको अध्यक्ष क्षेत्रीको स्टेटमेण्ट निकालेका छन् । तर यो पार्टीको केन्दमा देखिएको विवाद तल्लो तहसम्म पुगेको प्रमाण हो । )

(उहाँसँग गरिएको कुराकनीमा आधारित)


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!