Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठब्लग / विचारहेलम्बुका अध्यक्ष निमाले आमाको सम्झनामा लेखे यस्तो मन छुने स्टाटस

हेलम्बुका अध्यक्ष निमाले आमाको सम्झनामा लेखे यस्तो मन छुने स्टाटस


मेरी आमा
आजबाट तिम्रो माया मात्र गुमाईंन मैले, मेरो अभिभावकि पनी गुमाय, तिम्रो अनुपस्थितिको मैले कल्पना पनी गरेको थीइन । प्यारी आमा अब आज बाट तिमी हामी माझ रहीनौ । आमा ।। शायद तिम्रो दश धारा दूधको कुनै मूल्यनै छैन । चुकाऊँ म कसरी ? आमा म बेचैन छू । मलाई माफ़ गरी देऊ मेरी आमा किनकी मैं माथी कोभिड भएकाले तिम्रो चरणमा मैले मेरो निधार नीहूर्याऊँन सम्म पाइन । तिम्रा बारे यी शब्द लेख्दा मेरी आमा मेरो छाती ढक्क भयको छ । तिम्रो पार्थिव शरीर जली रहदा पनी तिमीलाई पोल्यो होला भन्ने लागी रछ । आखा थामियका छैनन आमा! आमा मलाई अर्कों जुनीमाँ तिम्रै काख चाहिंछ । आमा तिम्रो अनुपस्थितिमा आज हाम्रो आकाश खसेको छ । एक्लो महशुश भयको छ! जुनी जुनी अनी अर्कों जुनी पनी तिमीलाई पाऊँन हामी हात जोड़ी रहंछौ आमा
हामी माथी परेको बज्रपातका समय हामीलाई सामाजिक संजाल, फ़ोन, मेसेज र जोखिम ब्यहोरेर भेटेरै सहानुभूति दिनु हुने इस्टमित्र बन्धुबांधव तथा पार्टीका साथीहरु प्रति म र मेरो परिवार ऋणी छ । तपाईहरुले देखाउनु भयको सहानूभूतिले हाम्रो परिवारको आंशु रोक्न मद्धत पूगेको छ । हाम्रो परिवार तपाईहरुको सधै ऋणी हूनेछ ।

अन्तमा, आमा तपाईले समाजसेवा गर्न मलाई जसरी प्रेरणादायी भूमिका खेल्नु भयो त्यो भूमिका बाट म विचलित हुन्न । आमा तपाई संग यौटै आग्रह छ मेरो ( म तपाइको कोखमाँ पुनः जन्म लिने बाटो मलाई सपनामै भय पनी देखाइ दिनुस
आमा तपाइको प्यारो छोरा

(अध्यक्ष निमाको आमाको निधन जेठ ७ गते भएको थियो )


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!