बुधबार, असोज ६, २०७८
गृहपृष्ठविचार/अन्तरवार्ता‘एकताले कोरोना जितौं’

‘एकताले कोरोना जितौं’


  • कुमार राउत

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमणले यतिबेला देश आक्रान्त छ । निषेधाज्ञा र लकडाउनले नागरिक घर भित्रै खुम्चिन बाध्य छन् । पहिलो लहरको कोभिड १९ को तुलनामा डरलाग्दो भएर कोरोना गाउँ गाउँसम्म पसेको छ । संक्रमित र मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा रहेकाले नागरिक त्रसित हुनुपरेको अवस्था छ ।
मानव जीवन संकटमा परिरहेको यो अवस्थामा नेपालका नेताहरुका राजनीतिक खिचातानी र नेपाल सरकारको असम्वैधानिक कदमले गर्दा आम नेपाली दाजुभाई दिदिबहीनीहरुले सास्ती भोग्न बाध्य बनेको अर्काे यथार्थ हो । यो कोरोना कहरमा अक्सिजनको अभावले गर्दा नागरिकहरु मृत्युलाई अङ्गाल्न बाध्य छन् तर, पनि देश चलाउने नेताहरु आफ्नै स्वार्थमा हिडिरहेको पाइन्छ ।
यसैबीच सिन्धुपाल्चोक जिल्ला र भोटेकोसी गाउँपालिका पनि कोरना बाट अछुतो नरहेकोले म आम नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाई कसैले कसैलाई गाली गलैज गरी राजनिति नगर्न सुझाउँछु । किनकि अहिलेको अवस्था भनेको हामी मानव जातिहरु मिलरे यस कोरोना कोभिड (१९) र बिभिन्न किसिमको भाइरस लाई परास्त गर्नुपर्ने अवस्था आएको छ । हामी अझैपनि पर निर्भर र लाचर भएर अर्काको आशामा डुवेर अर्कालाई गाली गरेर यो भाइरस् डराएर जाँदैन । अब को देशी को बिदेशी को आफनो को पराई नभनीकन हामी सबै मिलेर आत्मसुरक्षाका लागि गाउँ गाउँ, बस्ती बस्ती, टोल टोलमा हाम्रा क्लव, महिला समुह, कृषि समुह, बिभिन्न स्थानीय संघ सस्थाहरु बिध्यालय ब्यवस्थापन समिति स्वास्थ्य परिचालिका स्वयमसेवक अगुवा समाजसेवी तथा बुद्घिजिवीहरु मिलेर आ–आफनो टोलमा पिसिआर टेष्ट् गराउने काम गर्नु अहिलेको आवश्यकता हो ।
पोजेटिभ निक्लेकाहरुलाई आफनै टोल एरियामा बिध्यालय वा कुनै सामुदायिक भवनहरुलाई प्रयोगमा ल्याई हाम्रो आ–आफनै तरिकाले सकेको र भएको सामानहरु जुटाउनु जरुरी छ । कसैले तन्ना कसैले डस्ना कसैले सिरानी कसैले पलङ कसैले सिरक कसैले भाडाँकुडा कसैले स्वस्थ्यकर्मी सल्लाह अनुसारको बिमारीलाई खानेकुरा उपलब्ध गराउने कसैले स्वास्थ्य सुरक्षा मापदण्ड र सामजिक दुरी कायम गर्नका लागी प्रचार प्रसार गर्ने कसैले बिमारीलाई खाना पकाउने कोही कुरुवा स्वयमसेवक बस्ने कसैले स्थानीय तहका स्वास्थ्य शाखामा र बिभिन्न संघ सस्थाहरु सित परामर्स गरी आवश्यक स्वास्थ्य सामग्री उपलब्द्घ गराउनु अहिलेको आवश्यकता हो ।
कसैले बिमारीहरुलाई नझिज्याउनका लागि र इनर्जी आउने बिभिन्न बिधि अपनाउने र टोल टोलमा रहेका स्वास्थ्य परिचालिकाले बिमारीलाई औषधी खुवाउनका लागि परिचालन गर्ने यसो गर्नाले हाल भै रहेको अस्पतालमा गयौँ भने त अबश्य मरि हालिन्छ भन्ने मानिसहरुमा पर्न गएको त्यो मानसिक तनाव बाट मुक्त गर्नका लागी तपाई हामीले सफलता पुर्वक हासिल गर्दछौ । तपाई हामी सबैजनाले आफु र अरुलाई पनि शुरक्षित राख्न सक्छौँ । हामीहरुलाई प्राकृतिक प्रकोप र कोरना माहमारीले एकजुट भएर संघर्ष गर्न सिकाएको छ ।
तपाई हामी आ–आफनो जिम्मेवारीबाट पछि हटेर अरुलाई गाली नगरौ । बरु हामी सबै मिलेर अगाडि बढौं । कसैले अरुलाई तथानाम गाली गरेर आफुले समाज सेवा गरे भन्ठान्छ भने त्यो भनेको मात्र राजनिति स्वार्थ लुटन खोजेको देखिन्छ र यसले कसैलाई फाईदा पुराउदैन । अब यस्तो घडीमा ब्यक्ती ब्यक्तीको काँदमा जिम्मेवारी आएको छ । जनतालाई सबैजनाको आवश्यक पर्छ । सबैसित सहयोग पनि लिनु पर्ने हुन्छ । यसमा कोले के गरयो कोले के गरेना यस्को हिसाब किताब पछि गरौला । यस नकाम् सरकारलाई आत्मसुरक्षाका लागि आत्मनिर्भर बनेर देखाउनका साथै तपाई हामी सबै मिलेर ईट्टाको जवाफ पत्थरले दिन तयार हुनूपर्छ ।
के तपाई हामी यसो गर्न तयार हुन्छौ त । के अब हामी चिच्याएर अर्कोलाई गाली गरेर यो माहमारी हटछ त हटदैन ।
मित्रहरु दिसा गरिसके पछि दैलो देखेर काम छैन् । त्यसकारण तपाई हामीहरुले समय छदै सोच्ने बेला आई सकेको छ । हाम्रो अभियान संस्कार सहितको ब्यवहारिक शिक्षा÷ आत्मनिर्भर नै मानिसको जिवन रक्षा भन्ने मुल नाराका साथ हामी सबै जना मिलेर देशभरी ब्यापकरुपमा यो अभियान संचालन गर्नका लागि सम्पुर्ण अगुवा समाजसेवी बुद्घिजिवी दाजुभाई तथा दिदिबहीनीहरुलाई एकताबद्ध भई जुट्नु अहिलेको आवश्यकता हो ।


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!