सोमबार, कात्तिक ८, २०७८

का लेखहरु :

बढी भारले बस खस्यो, ६ को मृत्यु ३४ घाइते

  डडेलधुरा — धनगढीबाट बझाङ जाँदै गरेको बस बुधबार बिहान भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको साहुखर्कमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । दुर्घटना अत्यधिक भारले भएको ट्राफिक प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा बझाङको तल्कोट–४ का धनबहादुर घर्ती, केदारश्यु गाउँपालिका–५ का नरेन्द्र गुरुधामी र हरूली बोहरा, तल्कोट ५ की कलशीदेवी गुरुधामी, भारत, […]

अटो ट्याम्फु दुर्घटनामा १ को मृत्यु, ७ घाइते

  सिन्धुली — मरिण गाउँपालिका ४ सानमा बुधबार बेलुका ट्याम्फु दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मरिण गाउँपालिका ६ नयाँ बस्तीबाट सानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नं को अटो अनियन्त्रित भई सडकबाट खस्दा सोही गाउँपालिका ३ की ३७ वर्षीय शान्तिमाया योन्जनको मृत्यु भएको प्रहरीले जनाएको […]

सरकारी विद्यालयले लिए शुल्क

  बाजुरा — सरकारी विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीसँग ५० रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्म शुल्क लिएका छन् । जिल्लाका अधिकांश सरकारी विद्यालयले भर्ना अभियानकै क्रममा विद्यार्थीबाट भर्ना शुल्क लिएका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा भन्ने सरकारको नीतिविपरीत बाजुराका जिल्लाका ९ वटै स्थानीय तहअन्तर्गत रहेका प्राथमिक, आधारभूत र माध्यमिक विद्यालयले विद्यार्थीबाट मनोमानी […]

अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलकाको पहुँच

(अस्ट्रेलिया) — नेपाली मूलका युवा प्रमेज श्रेष्ठलाई सत्तारुढ दल लिबरलले सांसदको उम्मेदवार बनाएसँगै अस्ट्रेलियामा रहेका नेपाली मूलकाले राजनीतिक क्षेत्रमा समेत फडको मारेका छन् । यही मे १८ मा घोषणा गरिएको केन्द्रीय निर्वाचनमा तेस्रो ठूलो दल मानिएको गि्रन्सबाट पश्चिम अस्ट्रेलियाबाट अर्का नेपाली मूलका युवा भुवन खडका माथिल्लो सदन ‘सिनेट’ को सदस्यमा सिफारिसमा परेका छन् । लिबरलबाट नेपाली […]

सियान पुगिन् राष्ट्रपति

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी चीनको ९ दिने राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको सियान पुगेकी छन् । राष्ट्रपतिको टोलीलाई सियान विमानस्थलमा उक्त प्रान्तका उपगभर्नर हु मिङल्याङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ याङकीले स्वागत गरेका थिए । चीनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार राष्ट्रपति भण्डारीसँग बिहीबार […]

साउदीमा ११ सय ६३ नेपाली कामविहीन, १० करोड तलब पाउन…

काठमाडौँ — साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका छन् । समयमा कामदारलाई तलब दिन नसकेर संकटमा फसेको अजमिल कम्पनीमा झन्डै ३७ हजार विदेशी कामदार थिए । पछिल्लो एक वर्षमा मात्रै उसले […]

धेरै रुचाईएको
error: Content is protected !!